जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठक तथा पाँचौं मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि उच्चस्तरीय वार्ता थालेका हुन् ।
यसक्रममा मन्त्री पौडेलले माल्दिभ्सका मन्त्री खलीलसँग वार्ता गरेका हुन् । द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले नेपालका चिकित्सकहरुले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए । माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे । विगतमा माल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका थिए ।
जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा मन्त्री पौडेलले बिहिबार सम्बोधन गर्ने तालिका छ ।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमका लागि मंगलबार राती त्यसतर्फ प्रस्थान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: