Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती गर्नेक्रम बढ्दो

खबरडबली संवाददाता

बङ्गलादेश । सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुन् । सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवाहरूमध्ये एक हुन् । उनीहरूले सैयद र अन्य युवा रोहिङ्ग्याको हितका लागि नभई युद्ध लड्नका लागि बङ्गलादेशबाट बोलाई म्यान्माको सेना (लडाकू दस्ता) मा भर्ती गरेका थिए । 

तर त्यहाँ टिक्न नसकेपछि उनीहरू पुनः शरणार्थीकारूपमा बङ्गलादेश फर्किएका छन् । म्यान्मारको सेनामा उनीहरूको भर्तीले नागरिकविरुद्ध बदलाको आक्रमणलाई उत्प्रेरित गरेको छ र हजारौँलाई बङ्गलादेशमा धकेलेको छ, जहाँ पहिले नै लगभग १० लाख रोहिङ्ग्या शरणार्थीहरू छन् । उनी भागेर विगत सात वर्षदेखि घर बोलाइएका बङ्गलादेशी राहत शिविरमा फर्केलगत्तै सैयदले एएफपीसँग भने, “त्यहाँ (म्यान्मा)का जनताले निकै सास्ती भोगिरहेका छन् । मैले आफ्नै आँखाले त्यो देखेको छु ।

“कोही खानेकुराको अभावमा छन् त कतिको भोकमरीका कारण मृत्यु भइसकेको छ”, २३ वर्षीया उनले भने, “बाँकी सबै जना आफ्नो ज्यान बचाउने प्रयासमा व्यस्त छन् ।” 
सैयदले आफूलाई गत जुनमा शिविरमा कार्यरत रोहिङ्ग्या सशस्त्र समूहले भर्ती गरेको र म्यान्मारको जुन्टाविरुद्ध युद्ध गरिरहेको विद्रोही समूह अराकान सेनाविरुद्ध लड्न पठाइएको बताए । 

उनी र अन्य रोहिङ्ग्या भर्ती भएकाहरूलाई भरियाको रूपमा काम गर्न लगाइयो, खाडल खन्ने र म्यान्मारका सैनिकहरूका लागि पानी आसार्ने काममा लगाइएको थियो । सैयदले भने, “सेना प्रहरी चौकीमा बस्छ, उनीहरू बाहिर जाँदैनन् । उनीहरूले हामीलाई कुनै प्रशिक्षण पनि दिएनन् । हाम्रो काम सेनाका लागि पानी बोक्ने र वारूदी सुरूङ खन्ने थियो ।”

एक मुस्लिम गाउँमा गस्तीमा पठाइएका बेला सैयदले आफुलाई जबर्जस्ती सेनामा भर्ती गर्ने ‘अपहरणकारीहरू’लाई स्लिप दिएर र बङ्गलादेशमा फर्कन सफल भएको बताए । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले बङ्गलादेश सरकारलाई दिएको तथ्याङ्कअनुसार सीमा नजिकको लडाइँ चर्किँदै गएपछि हालैका महिनाहरूमा सीमा पार गर्ने करिब १४ हजार रोहिङ्ग्याहरूमध्ये उनी एक हुन् । 

विज्ञहरूका अनुसार यस वर्ष बङ्गलादेशको शरणार्थी शिविरबाट कम्तीमा दुई हजार रोहिङ्ग्यालाई जबरजस्ती सेनामा भर्ना गरिएको छ भने म्यान्मामा रहेका अन्य धेरै रोहिङ्ग्यालाई पनि भर्ती गरिएको छ । बङ्गलादेशमा सेवामा खटिनेहरूले म्यान्माको जुन्टाले उनीहरूलाई आफ्नो मातृभूमि फर्कन दिने छुटको बदलामा सेनामा भर्ती हुन बाध्य पारेको बताएका छन् ।

शिविरमा कार्यरत दुई सशस्त्र समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी र रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आएसओ) दुवैले उनीहरूलाई शरणार्थीका रूपमा मान्यता दिन अस्वीकार गर्दै आएका छन् । आरएसओका वरिष्ठ नेता कोको लिनले एएफपीसँग भने, “हामीले कहिल्यै पनि आफ्नो वा अरूका लागि जबरजस्ती कसैलाई सेनामा भर्ती गरेका थिएनौँ ।” संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले म्यान्माको सेना र अराकान सेना दुवैले द्वन्द्वका बेला रोहिङ्ग्या समुदायमाथि गम्भीर दुर्ब्यवहार गरेको जानकारी आफूसँग रहेको जनाएको छ । 

अन्य अधिकारवादी समूहहरूले म्यान्माका सेनासँगै रोहिङ्ग्याहरूलाई सेवामा खटाइएकाले अराकान सेनाले जवाफी आक्रमणलाई बढावा दिएको बताएका छन् । गत महिना फोर्टिफाई राइट्सले विद्रोही समूहले सीमामा ड्रोन र मोर्टार बमबारीमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको हत्या गरेको बताएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: