कलकत्ता । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढीजन्य सङ्कट आएको छिमेकी राज्यका अधिकारीलाई शुक्रबार आरोप लगाएका छन् ।
पश्चिम बङ्गाल राज्यमा डुङ्गामा सवार उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेको र एउटा गाउँको सरकारी अस्पताल पूर्ण रूपमा जलमग्न भएको टेलिभिजनमा देखाइएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस साता २६ जनाको मृत्यु भएको र अन्य दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर शरण लिन बाध्य भएको बताएकी छिन् ।
उनले छिमेकी राज्य झारखण्डका अधिकारीले अनावश्यक रूपमा बाँधको गेटहरू खोलेर पानी छोडेको र आफ्नो राज्य डुबानमा परेको आरोप लगाएकी छिन । “बाढी मानवनिर्मित हो”, उनले भनिन्, “त्यसको प्रतिक्रियास्वरूप तीन दिनका लागि झारखण्डसँगको सीमा बन्द गर्न आदेश दिएको छु ।” झारखण्डको सत्तारुढ गठबन्धनका सदस्य सुप्रियो भट्टाचार्यले एएफपीसँग कुरा गर्दै आफ्नो राज्यसँग बाँधमाथिको दबाब कम गर्नुको विकल्प नभएको बताए ।
उनले भने, “पानी रोक्दा बाँधमा क्षति पुग्न सक्थ्यो र दुवै राज्यमा ठूलो बाढी आउन सक्थ्यो । त्यसैले बाँध खोलिएको हो । हाम्रो सरकारले स्वाभाविक रूपमा झारखण्डका जनताको हितको रक्षा गर्नेछ ।” दामोदर नदीको किनारमा बाँधहरूको व्यवस्थापन गर्ने दामोदर भ्याली कर्पोरेसन (डीभीसी) ले वर्षा कम भएपछि शुक्रबार पानी छोड्न ‘कमी’ गरेको बताएको छ ।
पश्चिम बङ्गालमा रेल कर्मचारी प्रदीप मैतीले बाढीपछि आफ्नो गाउँ घटालका अधिकांश मानिसहरू राहत शिविरमा आश्रय लिएको बताए । उनले एएफपीसँग भने, “अहिले गाउँमा डुङ्गा नै यातायातको एक मात्र माध्यम बनेको छ ।” आँधी र अत्यधिक वर्षाले भारतमा हरेक वर्ष व्यापक विनाश निम्त्याउने गरेको भएपनि विज्ञहरूका अनुसार जलवायु परिवर्तनले मौसमको ढाँचामा परिवर्तन ल्याउँदैछ र चरम मौसमी घटनाहरूको सङ्ख्या बढाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: