काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार गठित समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवस्तरका प्रतिनिधिहरू समावेश रहनेछन्। समितिले नतिजा प्रकाशन प्रक्रियाको प्राविधिक पक्ष तथा मूल्याङ्कन प्रणालीको परीक्षण गर्नेछ।
सामाजिक सञ्जालमा राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे भइरहेको बहस, आलोचना तथा विद्यार्थीहरूमाथि भएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री पोखरेलले तथ्यमा आधारित अध्ययनका लागि समिति गठन गरिएको बताएका छन्।
उनले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया स्पष्ट, व्यवस्थित र विश्वसनीय रहेको दाबी गर्दै आवश्यक जनशक्ति थपिएको तथा प्रशासनिक प्रक्रिया सरल बनाएर समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पारे। नतिजा प्रकाशनमा हतारो नगरिएको र नियमित कार्यतालिकाअनुसार नै प्रक्रिया सम्पन्न भएको उनको भनाइ छ।
मन्त्री पोखरेलले नतिजाप्रति असन्तुष्टि जनाउँदै शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरूको अभिव्यक्ति अधिकारको सम्मान गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा असम्मानजनक टिप्पणी नगर्न सबैलाई अनुरोध गरेका छन्।
कक्षा १२ को नतिजापछि विद्यार्थीहरूले मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै पुनर्मूल्याङ्कन, नि:शुल्क रिटोटलिङ तथा उत्तरपुस्तिका पुन: परीक्षणको माग गर्दै आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले भने नतिजा प्रक्रियामा कुनै गम्भीर त्रुटि नभएको बताउँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...



प्रतिकृया लेख्नुहोस्: