काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज ले प्रारम्भिक विवरण सार्वजनिक गर्दै व्यापक जनधनको क्षति भएको जानकारी दिएकी छन्। राजधानी कराकाससहित विभिन्न क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् र उद्धारकर्मीहरू भग्नावशेषभित्र फसेकाहरूको खोजीमा जुटेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पपछि सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकनमा ठूलो मानवीय क्षतिको जोखिम औँल्याएको थियो। संस्थाको अनुमानअनुसार मृतक संख्या हजारौंसम्म पुग्न सक्ने सम्भावना रहेको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कराकासका धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ। उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेकाहरूको खोजीलाई तीव्रता दिएका छन्।
७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पहरू राजधानी कराकासको पश्चिम क्षेत्रमा केन्द्रित थिए। भूकम्पको धक्का छिमेकी कोलम्बिया को राजधानी बोगोटा सम्म महसुस गरिएको थियो।
स्थानीय समयअनुसार साँझ ६:०४ बजे आएको भूकम्प राष्ट्रिय बिदाका दिन परेकाले धेरै मानिस घरमै रहेका बेला ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय सामग्री तथा मानवीय सहायता भेनेजुएलातर्फ पठाइरहेको बताएका छन्। अमेरिकी अधिकारीहरू भेनेजुएली निकायहरूसँग समन्वय गरेर राहत तथा उद्धार सहायता परिचालन गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...
आषाढ़ ११ गते, २०८३ - १२:५५
काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...
आषाढ़ ११ गते, २०८३ - १२:४२
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...
आषाढ़ ११ गते, २०८३ - १२:३२
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:२२
काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:०८
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...



प्रतिकृया लेख्नुहोस्: