Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू असन्तुष्ट भएका छन्।

सरकारले करिब दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो। तर अहिले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैं व्यवस्थापन गर्नुपर्ने र होल्डिङ सेन्टर छोड्नुपर्ने सूचना आएपछि पीडितहरू आक्रोशित बनेका हुन्।

सुकुमवासीहरूले सरकारको यस्तो निर्णयप्रति असन्तुष्टि जनाउँदै होल्डिङ सेन्टर बाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेका छन्। उनीहरूले स्थायी विकल्प र बसोबासको व्यवस्था बिना जबरजस्ती हटाइए पुरानै स्थानमा फर्केर पुन: छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।

पीडितहरूले चुनावका बेला जग्गाधनी पुर्जा दिने वाचा गरेको भए पनि अहिले आफूहरूलाई बिचल्लीमा पारिएको आरोप लगाएका छन्। होल्डिङ सेन्टरमा दुई महिनादेखि बस्दै आएका उनीहरूले त्यहाँ आधारभूत सुविधा कमजोर रहेको, खाना–बस्न कठिन भएको र बालबालिकाको पढाइ समेत प्रभावित भएको गुनासो गरेका छन्।

सरकारले हटाउने सूचना जारी गरेपछि आक्रोशित बनेका उनीहरूले दिगो समाधानको मागसहित पाँच बुँदे माग अघि सारेका छन्।

सुकुमवासीका मुख्य मागहरू:

१. भूमि समस्या समाधान समिति गठन भइसकेकाले स्थानीय सरकारमार्फत उठिबास गराइएका परिवारको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गरियोस्।

२. जबरजस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखी समस्या समाधान गरियोस् ।

३. स्थायी व्यवस्थापन नहुञ्जेलसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधा दिइयोस् वा जाने सुरक्षित ठाउँ देखाइयोस् ।

४. सरकारी नीति र कार्यक्रममा उल्लेख भएबमोजिम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी केन्द्रित उपयुक्त र उचित स्थायी व्यवस्थापन गरियोस् ।

५. अन्यथा, स्थायी विकल्पबिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्न बाध्य हुने चेतावनी सुकुमवासीकाे छ ।

यस्तो छ सरोकार पत्र

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

भेनेजुएलामा शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...

कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक नेपाली सेनाको मृत्यु, सहसेनानी घाइते

धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending