काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औँ स्थापना दिवसको अवसरका नेपाल एयलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारीले एक वर्षमा सात सय ७० जना क्यान्सरका बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको जानकारी दिए । नेपाल अर्बुद रोग निवारण संस्थाको पहलका एयलाइन्सरले चिकित्सकले सिफारिस गरेको वायप्सी रिपोटका आधारमा बिरामीलाई थप उपचारको लागि भारत जानु परेका नि:शुल्क हवाई टिकट व्यवस्था गरेको थियो ।
उनकाअनुसार पहिलो पटक जाँदा बिरामीलाई सत प्रतिशत छुट र कुरुवालाई ५० प्रतिशत छुट व्यवस्था गरेको थियो । त्यसैगरी दोस्रो पटक जानु परेमा बिरामीलाई ५० प्रतिशत र कुरुवालाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यसैगरी तेस्रो पटक उपचारको लागि जानु परेमा बिरामीलाई २५ प्रतिशत र आफ्न्तलाई १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । उहाँले यो सेवा विस्तार गर्दे लैजाने प्रतिवद्धता गरे ।
संस्थाका महासचिव दिपेन्द्र वान्ताले यो सेवाले थप उपचार आवश्यक परेर भारत जाने क्यान्सरका बिरामीलाई धेरै राहत मिलेको बताए । संस्थाका अध्यक्ष महेश श्रेष्ठले सरकारले क्यान्सर रोकथाम सम्बन्धी अभियान सञ्चालन गर्न माग गरे । उनले भने, “क्यान्सर रोकथाम गर्न सरकारले केही वर्ष क्यान्सर रोकथाक समबन्धी अभियान वर्ष घोषण गरि काम गर्न सकेमा जनमानमा ठूलो प्रभाव पर्नेथियो ।”
उनले सरकारले सूर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न काम ऐन बनेपनि कार्यन्यन हुन नसक्नु दुखद् जीकिर गर्दैसबै मिलेर कार्यन्यन गर्न आग्रह गरे । क्यान्सर बनाउने मुख्य कारक तत्वको धूम्रपानको कर बढाउन उनले सरकार समक्ष माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: