पाकिस्तान । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ । राजधानी इस्लामावादमा एक ठूलो र्यालीको नेतृत्व गरेको दुई दिनपछि खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका १० सांसदसहित कम्तीमा ३० जनालाई गत मङ्गलबार हिरासतमा लिइएको थियो ।
आतङ्कवादविरोधी अदालतले उनीहरूलाई जमानतस्वरूप ३० हजार भारतीय रूपैयाँ (१०० अमेरिकी डलर) तोकिएको छ ।
गत वर्षको अगष्टमा खानलाई जेल चलान गरिएपछि पीटीआईले व्यापक दमनको सामना गर्नुपरेको छ । यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित आफूलाई सत्ताबाट टाढा राख्नका लागि डिजाइन गरिएको योजनाका रूपमा पूर्वप्रधानमन्त्री खानले आरोप लगाउँदै आएको छ ।
जमानतमा रिहा गरिएका ती १० जना सांसदमध्ये कतिपयलाई राष्ट्रिय सभाको कार्यालयमा नै सुरक्षा नियन्त्रणभित्र राखिएको थियो । उनीहरूमाथि आतङ्कवादविरोधी ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । उनीहरूमाथि र्याली हुनुभन्दा केही दिनअघि पारित गरिएको शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यस घटनालाई लिएर अधिकारवादी समूहहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध प्रदर्शनलाई कुण्ठित गर्ने प्रयास भएको बताएका छन् ।
दुई वर्षअघि खानलाई पदच्युत गरेदेखि नै पीटीआई र सेनाबीचको विवाद बढेको छ । सन् २०२३ को मे महिनामा भ्रष्टाचारको आरोपमा पूर्व क्रिकेट स्टार खान पक्राउ परेपछि यो विवाद उत्कर्षमा पुगेको थियो । उनका समर्थकहरूले खानको पक्राउ अवैध रहेको र यो राजनीतिक पूर्वाग्रहका कारण रचिएको प्रपञ्चका रूपमा व्याख्या गर्दै दवावका लागि भन्दै हिंस्रक विरोध प्रदर्शन र सैन्य प्रतिष्ठानहरूसमेतमा आक्रमण गरेका थिए ।
पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको सेनाले पीटीआईमाथि व्यापक प्रतिबन्ध र दमन सुरु गरेको थियो । प्रतिबन्धले खानको लोकप्रियता घटाउन असफल भएको छ । पूर्व प्रधानमन्त्रीद्वारा समर्थित उम्मेदवारहरूले २०२४ को चुनावमा सबैभन्दा बढी सिट जितेका थिए । विश्लेषकहरूका अनुसार खान सन् २०१८ मा सेनाको सहयोगमा सत्तामा पुगेपनि सन् २०२२ मा जनरलसँग मनमुटाव भएपछि उनलाई सत्ताच्युत गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको विज्ञहरूको प्यानलले यसै महिना उनलाई हिरासतमा लिइनुमा कुनै कानुनी आधार नभएको र उनलाई राजनीतिक पदका लागि अयोग्य ठहर्याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।
अदालतले उनीविरुद्ध लगाइएका थुप्रै अभियोगलाई उल्ट्याएको छ । पीटीआईको सामाजिक सञ्जाल र प्रेस टोलीका केही सदस्यहरूलाई गत महिना पक्राउ गरिएको थियो र उनीहरूलाई ‘राज्य विरोधी प्रोपोगान्डा’ फृलाएको आरोप लगाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: