पाकिस्तान । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका १० जना सांसदलाई सोमबार जमानत दिएको छ । राजधानी इस्लामावादमा एक ठूलो र्यालीको नेतृत्व गरेको दुई दिनपछि खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका १० सांसदसहित कम्तीमा ३० जनालाई गत मङ्गलबार हिरासतमा लिइएको थियो ।
आतङ्कवादविरोधी अदालतले उनीहरूलाई जमानतस्वरूप ३० हजार भारतीय रूपैयाँ (१०० अमेरिकी डलर) तोकिएको छ ।
गत वर्षको अगष्टमा खानलाई जेल चलान गरिएपछि पीटीआईले व्यापक दमनको सामना गर्नुपरेको छ । यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित आफूलाई सत्ताबाट टाढा राख्नका लागि डिजाइन गरिएको योजनाका रूपमा पूर्वप्रधानमन्त्री खानले आरोप लगाउँदै आएको छ ।
जमानतमा रिहा गरिएका ती १० जना सांसदमध्ये कतिपयलाई राष्ट्रिय सभाको कार्यालयमा नै सुरक्षा नियन्त्रणभित्र राखिएको थियो । उनीहरूमाथि आतङ्कवादविरोधी ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । उनीहरूमाथि र्याली हुनुभन्दा केही दिनअघि पारित गरिएको शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको थियो । यस घटनालाई लिएर अधिकारवादी समूहहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोध प्रदर्शनलाई कुण्ठित गर्ने प्रयास भएको बताएका छन् ।
दुई वर्षअघि खानलाई पदच्युत गरेदेखि नै पीटीआई र सेनाबीचको विवाद बढेको छ । सन् २०२३ को मे महिनामा भ्रष्टाचारको आरोपमा पूर्व क्रिकेट स्टार खान पक्राउ परेपछि यो विवाद उत्कर्षमा पुगेको थियो । उनका समर्थकहरूले खानको पक्राउ अवैध रहेको र यो राजनीतिक पूर्वाग्रहका कारण रचिएको प्रपञ्चका रूपमा व्याख्या गर्दै दवावका लागि भन्दै हिंस्रक विरोध प्रदर्शन र सैन्य प्रतिष्ठानहरूसमेतमा आक्रमण गरेका थिए ।
पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्थाका रूपमा रहेको सेनाले पीटीआईमाथि व्यापक प्रतिबन्ध र दमन सुरु गरेको थियो । प्रतिबन्धले खानको लोकप्रियता घटाउन असफल भएको छ । पूर्व प्रधानमन्त्रीद्वारा समर्थित उम्मेदवारहरूले २०२४ को चुनावमा सबैभन्दा बढी सिट जितेका थिए । विश्लेषकहरूका अनुसार खान सन् २०१८ मा सेनाको सहयोगमा सत्तामा पुगेपनि सन् २०२२ मा जनरलसँग मनमुटाव भएपछि उनलाई सत्ताच्युत गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको विज्ञहरूको प्यानलले यसै महिना उनलाई हिरासतमा लिइनुमा कुनै कानुनी आधार नभएको र उनलाई राजनीतिक पदका लागि अयोग्य ठहर्याउने उद्देश्यले गरिएको देखिएको बताएको थियो ।
अदालतले उनीविरुद्ध लगाइएका थुप्रै अभियोगलाई उल्ट्याएको छ । पीटीआईको सामाजिक सञ्जाल र प्रेस टोलीका केही सदस्यहरूलाई गत महिना पक्राउ गरिएको थियो र उनीहरूलाई ‘राज्य विरोधी प्रोपोगान्डा’ फृलाएको आरोप लगाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: