Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

मिल्ने भए दलहरूले उपसभामुखलाई उहिल्यै निमोठिसक्थेः रास्वपा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिरहेको आरोप लगाएको छ । उपसभामुख रानालाई नहटाएसम्म संवैधानिक परिषद्‌मा आफ्नो बहुमत नपुग्ने भएकाले उनीहरूले हटाउन लागेको आरोप लगाएको हो ।

संवैधानिक परिषद्‌मा आफ्नो बहुमत पुर्‍याउन र संवैधानिक निकाय र ठेक्कापट्टामा आफ्नो मान्छे भर्नका लागि उपसभामुखको गल्ती खोजिन लागिएको  रास्वपाका कार्यवाहक महामन्त्री कुलेन्द्र बुर्लाकोटीले बताए ।

उनले उपसभामुख रानाले गरेको भनिएको गल्ती गल्ती नै नभएको जिकिर गरे । “उपसभामुखज्यूले गल्ती गर्नुभएकै छैन । तर, दलहरूले त्यसलाई गल्ती भनेर बोलिरहनुभएको छ,” उनले भने, “हराइसकेको कुरा आफ्नो अनुकूलतामा खोजिँदैछ ।”

कार्यवाहक महामन्त्री बुर्लाकोटीले मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्ने टिप्पणी गरे । “नमिल्ने भएर मात्रै हो,” उनले भने, “यदि मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्थे ।”

कांग्रेस र एमालेले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेका अन्य साना दलहरूले पनि कांग्रेस(एमालेकै भनाइमा होमा हो मिलाइरहेका छन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू रास्वपा, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले भने त्यसको प्रतिवाद गरिरहेका छन् ।

राना रास्वपाबाट उपसभामुख निर्वाचित भएकी हुन् । त्यससँगै उनले पार्टी सदस्यता त्यागेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending