काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिरहेको आरोप लगाएको छ । उपसभामुख रानालाई नहटाएसम्म संवैधानिक परिषद्मा आफ्नो बहुमत नपुग्ने भएकाले उनीहरूले हटाउन लागेको आरोप लगाएको हो ।
संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउन र संवैधानिक निकाय र ठेक्कापट्टामा आफ्नो मान्छे भर्नका लागि उपसभामुखको गल्ती खोजिन लागिएको रास्वपाका कार्यवाहक महामन्त्री कुलेन्द्र बुर्लाकोटीले बताए ।
उनले उपसभामुख रानाले गरेको भनिएको गल्ती गल्ती नै नभएको जिकिर गरे । “उपसभामुखज्यूले गल्ती गर्नुभएकै छैन । तर, दलहरूले त्यसलाई गल्ती भनेर बोलिरहनुभएको छ,” उनले भने, “हराइसकेको कुरा आफ्नो अनुकूलतामा खोजिँदैछ ।”
कार्यवाहक महामन्त्री बुर्लाकोटीले मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्ने टिप्पणी गरे । “नमिल्ने भएर मात्रै हो,” उनले भने, “यदि मिल्ने भए दलहरूले उहिल्यै चरक्कै निमोठिसक्थे ।”
कांग्रेस र एमालेले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेका अन्य साना दलहरूले पनि कांग्रेस(एमालेकै भनाइमा होमा हो मिलाइरहेका छन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू रास्वपा, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले भने त्यसको प्रतिवाद गरिरहेका छन् ।
राना रास्वपाबाट उपसभामुख निर्वाचित भएकी हुन् । त्यससँगै उनले पार्टी सदस्यता त्यागेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...




प्रतिकृया लेख्नुहोस्: