सिरहा । सिराहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । मंगलबार विशेष अदालतले उनीहरूलाई सजायसमेत सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २८ जेठमा मुद्दा चलाएको थियो । जसमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका साथै चार कर्मचारीसमेत सबै प्रतिवादी दोषी पाइएका हुन् । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो । सिराहाको मझौरामा मधेश प्रदेश सरकारको सांसद अनुदान रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । आर्थिक वर्ष ०७७-७८ मा गाउँपालिकाको वडा नं २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा कार्य पूरा गर्नुपर्नेमा त्यसो नभएको भेटिएको थियो ।
यसमा गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव पनि दोषी ठहर भएका छन् । तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा नं ४ का अध्यक्ष मदन यादव र वडा नं ५ का अध्यक्ष मनोजकुमार यादव पनि यस मुद्दामा दोषी पाइएका छन् ।
उनीहरू अनुगमन समितिमा रहे पनि हुँदै नभएको काम सम्पन्न भएको भनी अनुगमन प्रतिवेदन पेस गरेका थिए । उनीहरू सबैलाई जनही ३–३ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । वडा नं २ का अध्यक्ष खुसीलाल साहलाई पनि विशेषले ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ । उनले हुँदै नभएको काम भएको भनी सिफारिस गरेका थिए ।
विशेषले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई ३ महिना कैद तोकेको छ । उनीहरूले बदनियतपूर्वक झुठा बिल पेस गरेको विशेषको ठहर छ । प्रतिवादी कुसियैत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए भने लेखापालका रूपमा सोमप्रसाद आचार्य थिए । यसैगरी, इन्जिनियर र सबइन्जिनियरका रूपमा कृष्णा साह र सन्तोषकुमार यादव कार्यरत रहेकोमा उनीहरूले गलत प्राविधिक मूल्यांकन प्रतिवेदन दिएको तथा त्यसैका आधारमा भुक्तानी प्रक्रिया अघि बढेको अख्तियारको अभियोगपत्रमा थियो ।
उक्त अभियोग दाबी पुष्टि हुने भन्दै विशेषले कुसियैत र आचार्यलाई जनही ३–३ महिना कैद र दुई लाख ७ हजार रुपैयाँभन्दा बढी रकम जरिवाना हुने फैसला गरेको छ । साह र यादवको हकमा पनि कैद ३ महिना छ भने जरिवाना जनही १० हजार तोकिएको छ । भवनको कार्य पूरा नै नगरी नभएको कामलाई भएको भनी झुठा प्रतिवेदन तयार गरेर उपभोक्ताको बिलमा चढाइएको थियो । यसबाट साढे १४ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: