Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

दुई वर्षमा युक्रेनमा बम विस्फोटबाट एक हजारभन्दा धेरैको मृत्यु

खबरडबली संवाददाता

जेनेभा । रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको वा घाइते भएको एउटा निरीक्षण संस्थाले सोमबार बताएको छ । संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । 

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्दा युक्रेनले विश्वमा सबैभन्दा बढी रेकर्ड गरिएको वार्षिक क्लस्टर हतियार हताहतको सङ्ख्या दर्ता गरेको क्लस्टर म्युनिसन कोलिसन (सिएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ । युक्रेनमा दुवै पक्षबाट क्लस्टर बमको प्रयोग गरिएको र युद्ध सुरु भएपछि हतियारबाट त्यहाँ एक हजारभन्दा बढी मानिस मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ । 

सबैभन्दा धेरै मृत्यु सन् २०२२ मा दर्ता भएको थियो । यद्यपि प्रतिवेदनले सन् २०२३ को आँकडा सम्भवतः नाटकीयरूपमा कम अनुमान गरिएको बताएको छ । मध्य हावामा विस्फोट गर्न वा व्यापक क्षेत्रमा बम छर्नुअघि क्लस्टर हतियारहरूलाई विमानबाट खसाउन सकिन्छ वा तोपखानाबाट प्रहार गर्न सकिन्छ । क्लस्टर हतियारले स्थायी खतरा निम्त्याउँछ किनकि धेरै क्लस्टर हतियार विस्फोट नहुन सक्छन् र प्रभावकारी रूपमा वर्षौंपछि विस्फोट हुने बारुदी सुरुङका रूपमा काम गर्दछ । 

युक्रेनमा अहिले धेरै कृषि भूमि बारुदी सुरुङको तुलनामा क्लस्टर हतियारका अवशेषहरूले दूषित भएको प्रतिवेदनमा उल्लेख छ । युद्धअघि युक्रेनले धेरै वर्षसम्म क्लस्टर हतियारबाट कुनै हताहत दर्ता गरेको थिएन । तर सन् २०२२ मा यो सङ्ख्या नौ सय १६ भएको रेकर्ड गरियो र गत वर्ष विश्वभरमा दर्ता गरिएका दुई सय १९ मृत्युमा करिब आधा युक्रेनमा भएको थियो । “हताहत हुनेहरूको वास्तविक सङ्ख्या उल्लेखनीय रूपमा बढेको विश्वास गरिन्छ”, सिएमसीले चेतावनी दिएको छ । 

रुस र युक्रेन दुवैले क्लस्टर हतियारको प्रयोग जारी राखेकाले आक्रमण वा हताहतका लागि कुन पक्ष जिम्मेबार थियो भन्नेबारे व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न वा बताउन असम्भव भएको प्रतिवेदनमा भनिएको छ । रुस र युक्रेन जस्ता मुलुकहरूले क्लस्टर हतियारको प्रयोग, उत्पादन वा हस्तान्तरणले उनीहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर बनाएको प्रतिवेदनमा बताइएको छ । 

क्लस्टर बमको प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने सन् २००८ को क्लस्टर युद्धक सम्झौताको पक्षमा रहेका एक सय १२ मुलुकमा कुनै पनि मुलुक छैनन् । “क्लस्टर हतियारमाथि प्रतिबन्ध नलगाउने मुलुकहरूको कारवाहीले नागरिकहरूलाई खतरामा पारिरहेको छ र यो घृणित हतियारलाई प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय सन्धिको अखण्डता र सार्वभौमिकतालाई खतरामा पारिरहेका छन्”, सिएमसीका प्रमुख तामार ग्याबेलनिकले भने । गत वर्ष क्लस्ट हतियार आक्रमणहरू दर्ता गरिएका अन्य दुई मुलुक म्यान्मा र सिरिया पनि सम्झौतामा सहभागी भएका छैनन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending