काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौंले नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा आयोजना गरेको प्याब्सन अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको ११औं संस्करण-२०८१ मा गत वर्षको विजेता विद्यालय मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुलले नै प्रथम स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी जम्मा ७९ विद्यालयसँग प्रतिस्पर्धा गर्दै भ्याली भ्यु स्कुल प्रथम भएको हो । विद्यालयले २० हजार, मेडल र शिल्ड जितेको छ । यसै अवसरमा आयोजक प्याब्सन, काठमाडौंले भ्याली भ्यु स्कुलका नृत्य निर्देशक दिपेश माझीलाई पनि प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ ।
काठमाडौं ७९ ओटा निजी विद्यालयले प्रतिस्पर्धा गरेको यति ठूलो नृत्य प्रतियोगितामा लगातार दोस्रो पटक प्रथम हुन सफल भएकोमा कला क्षेत्रमा प्राप्त भएको यस सफलताप्रति भ्याली भ्यु स्कुलका प्राचार्य सुभाषचन्द्र भण्डारीले देशको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्याब्सनले गरेको यस किसिमको सांस्कृतिक आयोजना अनुकरणीय एवं प्रशंसनीय भएकोले आफू अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएका छन् । साथै, प्राचार्य भण्डारीले साँच्चिकै विद्यार्थीवर्गलाई उनीहरूको रुचि र खुबी पहिचान गरी अवसर प्रदान गरिएमा हरेक विधामा उत्कृष्ट नतिजा ल्याउन सकिने अनुभव सुनाए ।
भ्याली भ्यु स्कुलको अतिरिक्त क्रियाकलाप विभागका संयोजक सन्तोष चापागाईंले भ्याली भ्यु स्कुलका विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा प्रखर बनाउने उद्देश्यका साथ सबैले मिलेर टिमवर्क गरिरहेको बताए ।
प्याब्सन, जिल्ला कार्यसमिति काठमाडौंले तीजको अवसर पारेर हरेक वर्ष अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । विगतका संस्करणझैं यस वर्ष पनि उक्त प्रतियोगितामा निजी विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: