Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ । विश्व हिन्दु युवा संघले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो ।

विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए । ‘धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्त्वबारे सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ,’ उनले भने, ‘विशेषगरी युवापुस्तालाई धर्म, संस्कार, संस्कृति तथा इतिहासबारे जानकारी गराउन सके संस्कार–संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्नेछ ।’

पुस्तकालयमा धर्म, संस्कार, संस्कृति, इतिहास, साहित्य तथा अंग्रेजी माध्यमका विभिन्न सात सय पुस्तक राखिएका छन् । पुस्तकालयमा पुगेका जुनसुकै पाठकले पनि आफूलाई अनुकूल हुने खालका पुस्तक पढ्न पाउनेछन् । गाउँपालिकाले विश्व हिन्दु युवा संघसँगको सहकार्यमा गाउँपालिका कार्यालयमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । 

पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गाउँपालिकाले गरेको छ । ‘पुस्तकालयमा सबै प्रकारका पाठकको रुचिका पुस्तक राखेका छौँ,’ उनले भने, ‘आगामी दिनमा थप महत्त्वपूर्ण र बहुउपयोगी हुने पुस्तक थप गर्दै जानेछौँ ।’ गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले फुर्सदको समयमा आफूलाई रुचि भएका पुस्तक पढ्न पाउने र पढ्ने बानीको विकास गर्नका लागि पनि कार्यालय परिसरभित्रै पुस्तकालय स्थापना गरिएको उनले बताए । कार्यालय खुलेका दिनमा कार्यालय अवधिभर पुस्तकालय खुला हुनेछ ।

पछिल्लो समय संस्कार, संस्कृति तथा नैतिक शिक्षाको खडेरी पर्दै जाँदा यसको संरक्षण, संवर्द्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउन संस्कार शिक्षा पढाउन थालेको पालिकाले नागरिकलाई सुसूचित बनाउनका लागि पनि पुस्तकालयले सहयोग पुग्ने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE