Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

खबरडबली संवाददाता

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले समानुपातिकतर्फको मतगणना सम्पन्न गरी सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार रास्वपाले जिल्लाभर आफ्नो वर्चस्व कायम गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका दुबै क्षेत्रमा गरी रास्वपाले कुल ६९ हजार १३२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ हजार ४३९ र नेकपा ९एमाले०ले १५ हजार ९४० मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२ र मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिकतर्फ ३८ हजार ८०७ मत प्राप्त गरी शीर्ष स्थान ओगटेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ सोही पार्टीले ३८ हजार ४० मत प्राप्त गरेको थियो । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले १५ हजार १७२ र नेकपा ९एमाले०ले पाँच हजार ९६० मत ल्याएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६ र श्रम संस्कृति पार्टीले एक हजार ५३२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल खसेको ६९ हजार ६५५ मतमध्ये ६७ हजार ७१३ मत सदर भएको र एक हजार ९१९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपा ३० हजार ३२५ मतसहित पहिलो दल बनेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाले ३२ हजार ६८७ मत पाएको थियो । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले १२ हजार २६७ र नेकपा (एमाले)ले नौ हजार ९८० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१० र मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेका छन् ।

यसअघि सार्वजनिक भएको प्रत्यक्षतर्फको नतिजामा पनि तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भइसकेका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका डा। स्वर्णिम वाग्ले ३८ हजार ४० मतका साथ विजयी भएको थिए भने क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपाने ३२ हजार ६८७ मतका साथ विजयी भएको थिए। तनहुँको निर्वाचन परिणामले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाप्रति मतदाताको उल्लेख्य आकर्षण देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली जग्गाधनी खडा अभियोग: मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...

तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...

कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित, पूर्णबहादुर खड्काको फाइल तामेलीमा

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।  ललितपुरको बीपी...

राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...

सुधन गुरुङमाथि कस्तो छानबिन हुन्छ भन्ने कुरा हामी जानकारी गराउँछौं: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...

सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...

सरकारको ‘हेपाहा प्रवृत्ति’ले संसद र लोकतन्त्र कमजोर बनाइरहेको छ: गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...

सभापति रवि लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending