नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार जिल्लामा १३ हजार ४४२ मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा बाँकेको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा ती मत बदर भएको हो ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य २०७९ को निर्वाचनमा बाँकेमा १५ हजार ३३५ मत बदर भएको थियो । सो तुलनामा यस पटक केही कम देखिए पनि धेरै फरक परेको छैन ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लाका आठवटै पालिकाका ८१ वटै वडामा मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वा दुईभन्दा बढी सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएकाले १३ हजार ४४२ मत बदर भएको पाइएको बताए।
उनले त्यसबाहेक चिन्ह माथि छाप लगाएको, मत माग्न आएका सबैको चिन्हमा छाप लगाएको र समानुपातिकतर्फ पनि सबैजसो चिन्हमा छाप लगाएको पाइएको पनि बताए।
मतदाता शिक्षा सञ्चालन गरिए पनि विभिन्न कारणले प्रभावकारी नदेखिएको परिणामले देखाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नम्बर २ मा कूल खसेको ७२ हजार सातमध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नम्बर ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।
यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ३ मा बदर मत रहेको छ ।
जिल्लामा तीन लाख ५० हजार ३७१ मतदाता भएकोमा दुई लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १२:१०
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...
जेष्ठ २० गते, २०८३ - ११:३३
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...
जेष्ठ २० गते, २०८३ - ११:२१
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...
जेष्ठ २० गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...
जेष्ठ २० गते, २०८३ - १०:०८
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...
जेष्ठ २० गते, २०८३ - ०९:५०
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...



प्रतिकृया लेख्नुहोस्: