Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

प्रतिकूल मौसमले उडान प्रभावित

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए। “मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिबिलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । 

सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...

बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद...

प्रशासन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...

नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खसे, ५ जना सामान्य घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending