काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्न निर्देशन दिइएको छ ।
मार्गदर्शनअनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेटलाई लाइनमिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम ९एलएमबिआईएस०मा समयमै अद्यावधिक गर्नुपर्ने, खरिद योजना तथा वार्षिक कार्ययोजना सुरुमै तयार गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना कार्यान्वयनमा देखिने समस्या समयमै समाधान गर्नुपर्ने छ ।
बजेट विनियोजनको उद्देश्यअनुसार मात्र खर्च गर्न, फजुल खर्च नियन्त्रण गर्न, सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धात्मक, पारदर्शी र समयबद्ध बनाउन तथा विकास आयोजनाको भुक्तानी कार्यसम्पादनका आधारमा गर्न निर्देशन दिइएको छ ।
मार्गदर्शनमा राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगमा ध्यान दिन तथा आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिइएको छ ।
अर्थ मन्त्रालयले आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, प्रगति समीक्षा र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउन पनि जोड दिएको छ । मन्त्रालयका अनुसार बजेट कार्यान्वयनमा देखिने ढिलाइ, कमजोर खर्च क्षमता तथा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसक्ने अवस्थालाई सुधार गर्ने उद्देश्यले मार्गदर्शन जारी गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: