Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

चाइना स्टेटले सरकारसँग २ अर्ब ग्यारेन्टी मागेपछि नारायणगढ–बुटवल सडक निर्माण अनिश्चित

मन्त्रीको आश्वसन मात्रै

खबरडबली संवाददाता

काठमाडौं। नारायणगढ–बुटवल सडक निर्माण झन् अनिश्चित बन्दै गएको छ। उक्त सडकखण्ड विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नयाँ काम सुरु गर्न नेपाल सरकारसँग थप रकम मागेपछि  सडक निर्माण झन् अनिश्चित बन्दै गएको हो ।

चाइना स्टेटले ‘ग्यारेन्टी’ बापत् थप २ अर्ब रुपैयाँ मागेपछि निर्माण कार्यमा थप अनिश्चितता थपिएको छ । मन्त्रालय स्रोतका अनुसार अगष्ट ९ देखि १३ सम्म एसियाली विकास बैंक (एडीबी) सडक निर्देशनालयका प्रमुख चुडाराज ढकाल चीन गएका थिए। अहिलेसम्म चाइना स्टेटको तल्लो तहका प्रतिनिधिसँग मात्रै ‘डिल’ भइरहेको छ । उनीहरुले पैसा नभएका कारण आयोजनाको काम अघि बढ्न नसकेको बताउँदै आइरहेका थिए। माथिल्लो तहका प्रतिनिधिसँग सरकारले कुरा गर्न सकेको थिएन।

त्यसैले ढकाललाई चाइना स्टेटको मुख्यालय पुगेर सडकखण्डमा काम नहुनुको कारणबारे जवाफ ल्याउन पठाइएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बेइजिङस्थित राजदूतावासको समन्वयमा ढकाललाई चीन पठाइएको थियो । त्यसपछि ढकालले दाहाललाई चाइना स्टेटका उच्च तहका प्रतिनिधिसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।  

स्रोतका अनुसार चाइना स्टेटको प्रतिनिधिले ढकाललाई नारायणगढ(बुटवल आयोजनामा अहिलेसम्म ६० मिलियन डलर (करिब ७ अर्ब रुपैयाँ) घाटा भइसकेको भन्दै थप घाटा सहन आफूहरु तयार नभएको जवाफ दिएका थिए।

‘चाइना स्टेटले हामीलाई धेरै घाटा भकाले यसरी घाटा सहन सकेनौं र काम गर्न धेरै गाह्रो भइरहेको छ भनेर जवाफ दिएको  स्रोतले बतायो ।  चिनियाँ कम्पनीको स्पष्टीकरणपछि ढकालले घाटाका बारेमा आफूहरुलाई केही थाहा नभएको र तथ्यांकविना ती कुरा पत्याउन नसकिने बताएका थिए।

‘काम गर्छौं गर नत्र ठेक्का तोड्ने हो भन्ने जवाफ नेपालको तर्फबाट दिइएको थियो। त्यसपछि केही समय दुवै पक्षबीच भनाभन नै हुने अवस्था सिर्जना भएको  स्रोतको दाबी छ ।

कम्पनीले ६ वर्ष अगाडि ठेक्का लिँदा नै २३ प्रतिशत कम लागतमा सम्झौता गरेको थियो। अहिलेसम्म उक्त आयोजनाको काम करिब ५२ प्रतिशत मात्रै सम्पन्न भएको छ। बीचमा दुई वर्ष कोभिड–१९ का कारण काममा ढिलाइ भएको थियो ।

यस्तै, पोल सार्ने र रुख काट्ने विषयमा विवाद हुँदा समेत चिनियाँ पक्षले काम अघि बढाउन पाएका थिएनन्। परिस्थितिजन्य अवस्थाबीच हालसम्म सो कम्पनीको म्याद ३ पटक थप भइसकेको छ। म्याद थप गर्दा अतिरिक्त रकम नदिने भन्दै म्याद थप गराइएकोमा चिनियाँ निर्माण कम्पनीले ढकाल समक्ष असन्तुष्टि व्यक्त गरेको थियो।

‘अन्तर्राष्ट्रिय ठेक्कामा त्यस्तो चलन हुँदैन। समय थपिएपछि अतिरिक्त खर्च पनि थप हुन्छ। कि ठेक्का तोड्नुपर्छ कि म्याद थप गरेपछि अतिरिक्त रकम पनि थप्नुपर्छ,’ चिनियाँ पक्षले ढकाललाई भनेको  रअन्तर्राष्ट्रिय ठेक्काको नियम उल्लंघन गरेकाले हामी काम गर्न सक्दैनौं भनेर जवाफ दिएका थिए बताईएको छ ।

चिनियाँ कम्पनीका प्रतिनिधिले अहिलेसम्म आयोजनामा ६० मिलियन डलर अतिरिक्त खर्च गरिसकेको ढकाललाई त्यस क्रममा बताएका थिए। निर्माण कम्पनीले अहिले सुरुमा गरिएको अनुमानित लागत नै कम भएको बताइरहेको छ। अझै आयोजनामा ४० मिलियन डलर (करिब साढे ४ अर्ब रुपैयाँ) अतिरिक्त रकम लाग्ने दाबी गरिरहेको छ।

अतिरिक्त रकमको विषयलाई देखाएर सबै आयोजना बिग्रिएको जस्तो आरोप चिनियाँ पक्षले लगाएका छन् । जवाफमा ढकालले अन्तिम पटकको मौकाका रुपमा एक वर्षका लागि समय दिएको बताएका थिए।

‘अब उच्च तहले यो विषयलाई टुंगो लगाउने हो। उनीहरुले यकिन निश्चित जवाफ दिएका छैनन्। काम गर्छौं तर लगभग ४ अर्ब पैसा थपिदिन पर्‍यो मात्रै भनिरहेका छन्,’ ढकालले मन्त्रीलाई गरेको ब्रिफिङबारे स्रोतले बतायो।

चिनियाँ पक्षलाई ग्यारेन्टीमा थप रकम दिन नसक्नेमा नेपाली पक्ष दृढ देखिएको छ। मेलम्ची खानेपानी आयोजनामा यस्तै प्राकृतिक विपत्तिको झमेलाका कारण मुद्दा चलेको भन्दै नेपाली अधिकारीहरु पन्छिएका हुन्।

‘यो अन्तर्राष्ट्रिय स्तरमा नै भइरहेको कुरा हो तर नेपालमा त्यसरी बुझिँदैन। काम गरेन भने ग्यारेन्टीमा चलाएको पैसा फिर्ता आउँछ। तर, ठेकदार भाग्ने अवस्था भइदियो भने यसरी किन पैसा दिएको भन्ने प्रश्न आउँछ,’ नेपाली अधिकारीहरुको मनसायबारे एक अधिकृतले भने।

मन्त्रीको आश्वसन मात्रै

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भने आफूलाई गरिएको ब्रिफिङबारे सार्वजनिक रुपमा केही बताउन चाहेका छैनन् । आइतबार पदबहाली गरेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले नारायणगढ–बुटवल सडकको निर्माण कार्य छिट्टै अगाडि बढ्ने बताएका थिए।

‘यो हाम्रो पनि टाउको दुखाइको विषय हो। उक्त चिनियाँ कम्पनीको वास्तविक प्रतिनिधि को भनेर खोज्दा तल्लो स्तरको प्रतिनिधिसँग मात्रै डिल हुने र बाटो नबन्ने अवस्था देखियो। त्यसले गर्दा भर्खरै हामीले हाम्रो आयोजना प्रमुखलाई चीनमा पठायौं,’ उनले भनेका थिए।

आयोजना प्रमुखले चिनियाँ पक्षलाई काम अगाडि बढाउन भनेर आएको दाहालको दाबी छ। ‘अब यो बाटोको काम छिट्टै अगाडि बढाउछौं। घाटा भयो भन्ने कुरा गरेको खबर आएको छ,’ उनले भने, ‘हाम्रो भुक्तानीमा समस्या छैन भनेर हामीले काम अगाडि बढाउन भनेका छौं। काम हुन्छ अब।’

तर, मन्त्री दाहालले भने जसरी निर्माण कम्पनीले छिट्टै काम अगाडि बढाउने छाँटकाँट नभएको स्रोतको दाबी छ। ‘हामीले पैसा व्यवस्थापन नगरिदिएसम्म निर्माण कम्पनीले काम गर्दैन,’ स्रोतले भन्यो, ‘यहाँ फिल्डमा भएकाहरुसँग काम गर्ने मुख्य कम्पनीले पैसा नपठाइ काम गर्न सक्ने अवस्था नै छैन।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending