धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलगायत जिल्लाबाट उत्पादन भएका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा ठूलो परिमाणमा भित्रिन थालेका छन्।
धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस वर्ष कात्तिक र मङ्सिर महिनामै करिब २५ प्रतिशत बढी सुन्तला बजारमा आएको छ। “उत्पादन बढेसँगै सुन्तलाको कारोबारमा पनि करिब ३० प्रतिशतले वृद्धि भएको छ,” उनले भने, “अहिले बिक्री राम्रो भइरहेकाले किसान र उपभोक्ता दुवैका लागि यो सकारात्मक संकेत हो।”
उनका अनुसार पछिल्लो समय सुन्तला खेतीको क्षेत्र विस्तार भएकाले पनि कारोबार बढेको हो। कात्तिक १५ गतेदेखि बजारमा आउन सुरु हुने सुन्तला चैतको दोस्रो सातासम्म निरन्तर आउने गर्दछ। “ढुवानी, ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङलाई व्यवस्थित गर्न सके कोशी करिडोरको सुन्तला अझै ठूलो बजारमा स्थापित हुन सक्छ,” भट्टराईले बताए।
उत्पादन बढेपछि किसानमा आशा
भोजपुरका किसान प्रदीप राई विगत १३ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। उनी भन्छन्, “सामान्यतया हरेक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्थें। गत वर्ष उत्पादन घटेर १६ मेट्रिक टनमा सीमित भयो तर यो वर्ष भने दुई महिनामै १२ मेट्रिक टनभन्दा बढी सुन्तला बिक्री भइसकेको छ।” मूल्य यथावत् रहे पनि उत्पादन बढेकाले आम्दानी राम्रो हुने अपेक्षा उनले व्यक्त गरे।
मौसम अनुकूल हुँदा उत्पादनमा वृद्धि
व्यापारी अशोक राईका अनुसार फल लाग्ने समयमा मौसम अनुकूल रहनु, रोग–कीराको प्रकोप कम हुनु र वर्षाले खासै क्षति नगर्नु उत्पादन बढ्नुका प्रमुख कारण हुन्। “पछिल्लो समय मकै र धानखेती हुने खेतबारीमा समेत सुन्तलाखेती विस्तार हुँदै गएको छ,” उनले भने, “सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि किसान आकर्षित भएका हुन्।” हाल आकारअनुसार सुन्तला प्रतिकिलो रु ३० देखि ८० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए।
धरान बजारमा दैनिक ४० मेट्रिक टन कारोबार
विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आएका व्यापारी टीकाराम श्रेष्ठका अनुसार वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला कारोबार हुँदै आएको छ। धरानबाट दमक, काकरभिट्टा, झापा तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला पठाइने गरिएको छ।
धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार यस वर्ष बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ र “जति आउँछ, सबै सहज रूपमा खपत भइरहेको छ।” हाल धरान कृषि बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टन सुन्तलाको कारोबार भइरहेको छ। अहिले बजारमा प्रतिकिलो रु ७० देखि ८० सम्म मूल्य रहेको छ भने मौसमअनुसार रु ७० देखि १३० सम्म मूल्य घटबढ हुने व्यापारीहरू बताउँछन्।
कारोबार २० हजार मेट्रिक टन पुग्ने अनुमान
धरान कृषि उपज बजारको तथ्याङ्कअनुसार गत वर्ष करिब ५ हजार मेट्रिक टन सुन्तला खरिद–बिक्री हुँदा रु ६० करोड बराबरको कारोबार भएको थियो। यस वर्ष भने बजारबाट करिब २० हजार मेट्रिक टन सुन्तला बिक्री हुने अनुमान गरिएको छ।
पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङ जिल्लाबाट सुन्तला धरान ल्याइने गरेको छ। धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक तथा मधेस प्रदेशका विभिन्न जिल्लामा सुन्तला आपूर्ति हुँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: