चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउनयता ४० जनाले नेपाली नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष रहेका छन्। गैरआवासीय नागरिकता लिन नेपाल आएका व्यक्तिहरूले सोही क्रममा आफ्नो नेपाली नागरिकता परित्याग गर्ने गरेको उनले बताए।
उनका अनुसार सोही अवधिमा जिल्लाबाट २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता प्राप्त गरेका छन्। गैरआवासीय नागरिकताका लागि कार्यालयले तोकेको अनुसूची फाराम, पासपोर्टको प्रतिलिपि, विदेशी नागरिकताको प्रतिलिपि, नागरिकता त्यागेको निस्सा तथा नातेदार वा चिनजानको व्यक्तिको सनाखत आवश्यक पर्ने उनले जानकारी दिए।
विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपालमा लगानी तथा आर्थिक गतिविधि सहज बनाउन गैरआवासीय नागरिकता लिने गरेको शर्माले बताए।
यसैबीच, जिल्लामा दोहोरो नागरिकता भएको वा राज्यविरोधी गतिविधिमा संलग्न भएको पुष्टि भएपछि दुई जनाको नागरिकता रद्द गरिएको उनले जानकारी दिए।
साउनयता जिल्ला प्रशासन कार्यालय चितवनबाट वंशजका आधारमा ३ हजार ७५९ जनाले नागरिकता लिएका छन् भने वैवाहिक अङ्गीकृत नागरिकता ११ जनालाई प्रदान गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: