सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा सहरतिर झर्न थालेपछि चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्रका बस्तीहरु सबै रित्तिएका छन् ।
चुमनुब्री गाउँपालिका –१ र ७ का अधिकांश परिवार मङ्सिरको दोस्रो सातादेखि नै काठमाडौंतर्फ लागिसकेका छन्, गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘करिब ९० प्रतिशत गाउँले सहर झरिसकेका छन् भने बाँकी १० प्रतिशत जति मात्र गाउँमा घर कुरुवा, पशुपालन र खेतीपातीको रेखदेखको लागि मात्र एकाध मानिस बस्न बाध्य छन् ।’
अहिले गाउँका हरेक घरमा मानिस नै देखिदैनन् एउटा टोलको मान्छेले घर चौरीको स्याहार गर्न छरछिमेकको घर हेर्न एक जना मानिस बसेका हुन्छन् । जाडो बढेपछि लेकका खर्कमा रहेका चौरी गाउँमा झारिएकाले बाक्लो भुत्ला हुने याक भने अझै माथिल्लो चरनमै रहेका स्थानिय बताएका छन् ।
चौरीलाई चिसो छलाउन घरमै राख्नुपरेकाले पनि गाउँ पुरै खाली गर्न मिल्दैन, चुमनुब्री–७ का वडा अध्यक्ष टासी लामाले भने, ‘चौरीको स्याहार सम्भारको लागि घरमा केहि आबश्याक मानिस बाहेक प्राय सबैको घरमा ताला लगाएर सहर झर्ने गरेका छन् ।’
चुमनुब्री गाउँपालिका –१ अन्र्तगत तिब्बतको सिमाना नजिकको साम्दो गाउँमा पनि उस्तै अवस्था छ । करिब ४५ घर धुरी रहेको गाउँमा अहिले ५–१० घरमा एकाध मात्र मानिस बसिरहेका छन् । बाँकी घरमा ताला लागेको छ । होटेल तथा लजहरु प्नि प्राय सबै बन्द भएका छन् ।
जाडोको प्रभाबले शिक्षा क्षेत्रमा पनि परेको छ । चुमनुब्री गाउँपालिका–२ स्थित ल्हो माध्यमिक बिद्यालयका बिद्यार्थीहरु आरुघाट गाउँपालिका – ४ को कोखेटारमा सारिएको छ । चैतसम्मका लागि बिद्यालय नै अस्थायी रुपमा तल स्थान्तरण गरिएको विद्यालयले जनाएको छ ।
सहर झरेका स्थानीयमध्ये धेरै जसो तीर्थयात्रामा निस्कने गर्छन् । धर्मशाला, लुम्बिनी तथा बिभिन्न बौद्ध धर्मगुरुको आश्रममा समय बिताउने वा काठमाडौंमा रहेका आफना छोराछोरीसँग बस्ने चलन रहेको स्थानिय लोप्साङ लामाले बताए ।
हाल सहरमा रहेका बासिन्दा ग्लाबो ल्होसार मनाउन फेरि गाउँ फर्कने तयारीमा छन् । जाडोले गाउँ रित्तिए पनि चाडपर्वसँगै उत्तरी गोरखाका यी सुनसान बस्तीहरु पुन चहलपहल हुने स्थानीयको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: