विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकहरुलाई पक्राउ गरेको छ ।
मध्यरातमा प्रहरीले क्यासिनोमा छापा मारेर सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापा मारेर नेपालीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कवित कटुवालका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्रको गोल्डेन क्यासिनोमा प्रहरीले एकैसाथ छापा मारेको थियो ।
राति ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपालीलाई रङ्गेहात नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएको छ ।
प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सोमबार जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको एसपी कटुवालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १४:२४
काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...
चैत्र १४ गते, २०८२ - १४:१६
काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् । ...
चैत्र १४ गते, २०८२ - १०:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...
चैत्र १४ गते, २०८२ - १०:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...
चैत्र १४ गते, २०८२ - १०:१९
काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...
चैत्र १४ गते, २०८२ - १०:१२
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा ...
चैत्र १४ गते, २०८२ - ०९:४८
बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...
चैत्र १४ गते, २०८२ - ०९:४३
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...



प्रतिकृया लेख्नुहोस्: