पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूलाई लप्सी टिप्ने, बिक्री गर्ने र प्रशोधन गर्ने चटारोले भ्याइनभ्याइ छ। विगतमा वनपाखामा त्यसै झरेर कुहिने लप्सी अचेल प्रशोधन हुन थालेपछि यहाँका बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत बनेको हो।
विशेषगरी फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको व्यावसायिक प्रशोधनलाई तीव्रता दिएको छ। विगत डेढ दशकदेखि सञ्चालनमा रहेको यो उद्योगले यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधन गर्ने तयारी गरेको छ। उद्योगबाट लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जाम र धुलो जस्ता विभिन्न परिकार उत्पादन हुँदै आएका छन्। यस वर्ष मात्रै उद्योगले ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ।
उद्योगका सञ्चालक थानेश्वर भुसालका अनुसार जिल्लामा झण्डै २०० मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि प्रविधि र जनशक्तिको अभावमा ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको छ। प्रशोधन हुन नसकेको बाँकी लप्सी किसानले दानाकै रूपमा बिक्री गर्ने गरेका छन् भने केही बोटमै खेर जाने गरेको छ। भुसालले उद्योगमार्फत सात जनालाई रोजगारी समेत दिएका छन्। उनले लप्सीका साथै अमला, अदुवा र मकैको सातु प्रशोधन गरेर वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।
पर्वतको लप्सीको माग नेपालमा मात्र नभई विदेशमा समेत उच्च छ। केही वर्षअघि १० लाख बराबरका लप्सीका परिकार अमेरिका पठाएका भुसाल अहिले भने ढुवानी र निर्यातको भरपर्दो संयन्त्र नहुँदा स्वदेशी बजारमै सीमित हुनुपरेको बताउँछन्। वैदेशिक रोजगारीमा जानेहरूले कोसेलीका रूपमा लैजाने गरे पनि व्यावसायिक रूपमा ठुलो मात्रामा निर्यात हुन सकेको छैन। किसानलाई आकर्षित गर्न उद्योगले निःशुल्क बिरुवा वितरण गर्न थालेपछि अहिले पर्वतका ४० भन्दा बढी वडामा लप्सीको व्यावसायिक खेती विस्तार भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: