काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत अवस्थामा भेटिएका हुन्।
उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमाक्षेत्रमा पर्दछ। हत्या गरी शव जंगलमा फालिएको आशङ्का गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। “हत्या गरेर फालेको जस्तो देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले बताए।
यस घटनाको ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या प्रकरणसँग सम्बन्ध रहेको आशङ्का गरिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का हायु पुस २ गते शेरेफाँटमा मृत अवस्थामा भेटिएका थिए। उनको शव तरकारी फार्मको इनारमा बोराभित्र प्याक गरी फालिएको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको हुन सक्ने प्रहरीको आशङ्का छ। जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतका अनुसार दुवै हत्या घटनाबीच अन्तरसम्बन्ध देखिएको छ।
पारुहाङको टाउकोमा चोट देखिएको र सोमबार बिहान जंगलमा भेटिएको उनको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुवै जनाको हत्या एउटै समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
हत्या घटनामा संलग्न भएको आशङ्कामा हालसम्म दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल रहेका छन्, जो मृतक हायुका बहिनी ज्वाइँ हुन्। अर्का एक जना आरोपीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार कम्तीमा तीन जना मिलेर हत्या गरेको आशङ्का गरिएको छ। “समूहले हत्या गरी मोटरसाइकलमार्फत शव ल्याएर इनारमा फालेको निष्कर्षमा हामी पुगेका छौँ,” अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...
चैत्र १४ गते, २०८२ - १५:११
मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...
चैत्र १४ गते, २०८२ - १४:२४
काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...
चैत्र १४ गते, २०८२ - १४:१६
काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् । ...
चैत्र १४ गते, २०८२ - १०:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...
चैत्र १४ गते, २०८२ - १०:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...
चैत्र १४ गते, २०८२ - १०:१९
काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...



प्रतिकृया लेख्नुहोस्: