Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पहिरोकाे कारण अवरुद्ध भएकाे ११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग

खबरडबली संवाददाता

तनहुँ । पहिरोका कारण एघार दिनदेखि अवरुद्ध तनहुँको बुद्धसिंह मार्ग संचालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

तल्लो सेती जलविद्युत् आयोजनाको सहयोगमा बुद्धसिंह मार्गका विभिन्न ठाउँको पहिरो हटाइएको बन्दीपुर गाउँपालिका– ६ निवासी सिद्धान्त गर्जामगरले जानकारी दिए । उनका अनुसार नाल्दीघाट, ढाप, खानीखोला, साराङघाट, पिउघरमा खसेको पहिरा पन्छाइएको छ । गर्जामगरले भने, ‘पटकपटक सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, बन्दीपुर गाउँपालिकालाई अनुरोध गर्दा उहाँहरूले चासो दिनुभएन । तल्लो सेती जलविद्युत् आयोजनालाई आग्रह गरेपछि उहाँहरूले डोजर उपलब्ध गराइदिनुभयो । त्यसपछि आइतबारदेखि पहिरा हटाउन सुरु गरेका थियौँ ।’

पहिराले ११ दिनदेखि बाटो अवरुद्ध हुँदा यस भेगका सर्वसाधारणले निकै सास्ती भोग्नु परेको गर्जामगरले बताए । बन्दीपुर गाउँपालिका– ६ खानीखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा र खोला बढेर विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सास्ती भएको छ । उनले भने, ‘यहाँ पुलको आवश्यकता छ, तर, सरोकारवाला यस विषयमा संवेदनशील छैन ।’”

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ। उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकले यही मार्ग प्रयोग गर्दै आएका छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ ।

सो पुलको निर्माण सम्पन्नपश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending