Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

गाजा युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दावी

खबरडबली संवाददाता

गाजा । हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्ताव आलोचना गर्दै प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको शर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको भनी आलोचना गरेको छ । 

हमासले युद्द विराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ्ग र फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पुर्‍याएको छ । हमासले नेतान्याहुलाई मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति उनलाई नै पूर्ण जिम्मेवार रहेको दावी गरेको छ भने गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको आरोप लगाएको छ । 

जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहोर्‍याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाईडेनको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागु गर्न आग्रह गरेको छ । 

बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन् । 

नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको प्रयास प्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले हमासलाई मे को अन्त्यमा गरिएका प्रस्तावको सर्तहरू स्वीकार गर्न मनाउने आशा व्यक्त गरेको छ । हमासले इजरायललाई पहिले सहमति भएका प्रस्तावमा नयाँ सर्तहरू थप्ने गरेको आरोप लगाउदै वार्ताको नतिजाबारे शङ्का व्यक्त गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE