काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो भएको टिप्पणी गरेका छन् । ट्रम्पले कमला ह्यारिसलाई कट्टरपन्थी भन्दै खिल्ली उडाएका छन् । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन पनि सोमबारदेखि सिकागोमा सुरु हुँदैछ । यस महाधिवेशनमा कमला ह्यारिस औपचारिक रूपमा पार्टीको राष्ट्रपतिको उम्मेदवारमा निर्वाचित हुनेछन् । ट्रम्पले आफु कमलाभन्दा सुन्दर रहेको बताउँदै टाइम म्यागजिनमा प्रकाशित कमला ह्यारिसको स्केचलाई लिएर अभिव्यक्ति दिएका छन् । म्यागजिनले कमला ह्यारिसका धेरै तस्बिर खिचे तर काम नभएकाले स्केच बनाउनुपरेको ट्रम्पले बताए ।
डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको र्यालीमा ठूलो भीड नभएको दाबी गर्दै र्यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको दाबि गरेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।
अर्कोतर्फ अमेरिकी अर्थतन्त्रको सन्दर्भमा ट्रम्पभन्दा कमला ह्यारिसमाथि धेरै मानिसको विश्वास छ । फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणले ४२ प्रतिशत मतदाताले ह्यारिसलाई आर्थिक मामिलामा विश्वास गरेको पाइएको छ, जबकी ट्रम्पलाई ४१ प्रतिशतले विश्वास गरेका छन् ।
अचम्मको कुरा के छ भने जुलाईमा पनि ट्रम्प ४१ प्रतिशतमा थिए भने बाइडेन ३५ प्रतिशतमा थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: