Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

खबरडबली संवाददाता

किएभ । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैलदेखि हवाई आक्रमणको साइरन बजेको थियो । 

“प्रत्येक आक्रममणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमा राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ । 

मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो । “दुश्मका सबै ड्रोन सहरभन्दा धेरै टाढा नष्ट गरिएको छ”, पोस्टमा भनिएको छ । आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले भनेको छ, “सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।”

संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् । किएभले बारम्बार पश्चिमका आफ्ना सहयोगीहरूसँग थप वायु–रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गरेको छ । गता साता किएभ नजिकै रातभर भएको रुसी मिसाइल आक्रमणमा ३५ वर्षीय एक व्यक्ति र उनका चार वर्षीय छोराको मृत्यु भएको थियो । आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए । 

रुसी भूभागमा युक्रेनको हालैको अग्रतालाई मस्कोले ‘कडा प्रतिक्रिया’ दिने वाचा गरेपछि चिन्ता अझ बढेको छ । युक्रेनमाथि रुसी आक्रमणको साढे दुई वर्षपछि किएभका सैनिकहरूले गत साता कुर्स्क क्षेत्रमा ठूलो जवाफी आक्रमण गर्दा एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै पनि विदेशी सेनाको सबैभन्दा ठूलो आक्रमणमा रुसको एक हजार एक सय वर्गकिलोमटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनको दाबी छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending