Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दुई हजार चार सय ९७ पिन्ट रगत वितरण

खबरडबली संवाददाता

कैलाली । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो । 

केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिए । उनका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी यहाँका निजी अस्पतालमा खपत भएको छ । सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ । 

रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गरेको विष्टको भनाइ छ । टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ । केन्द्रको तथ्याङ्कअनुसार सङ्कलन भएको रगतमध्ये एक हजार सात सय पिन्ट रगत महिलामा प्रयोग हुने गरेको छ । टीकापुर अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने र सुत्केरी हुने बेला अत्यधिक रक्तस्राव हुँदा रगत आवश्यक पर्ने अस्पतालका स्त्री रोग विशेषज्ञ डा.सञ्जयकुमार दासले बताए । 

शल्यक्रिया गर्दा दुई/तीन पिन्टसम्म रगत आवश्यक पर्दछ । टीकापुर अस्पतालमा अहिले स्त्रीरोगबाहेक हाडजोर्नीको पनि शल्यचिकित्सकमार्फत शल्यक्रिया हुने गरेको उनले जानकारी दिए । अस्पतालमा आउने सिकलसेलका बिरामीले मासिक तीन पिन्टसम्म रगत लिने गरेका केन्द्रका कर्मचारी अरुण चौधरीले बताए । “रगतको माग बढिरहेको छ, सङ्कलन कम हुँदा समस्या हुन्छ”, उनले भने । कैलाली र बर्दियाको करिब ५० प्रतिशत नागरिक टीकापुरको रक्तसञ्चार केन्द्रका भरमा पर्ने उनको भनाइ छ । 

“रक्तदान गर्ने वानीको विकास गर्न सचेतना आवश्यक छ, यसमा सबैले सहयोगी भूमिका खेल्नुपर्छ । केन्द्रले हरेक ग्रुपको एक/दुई पोका रगत भण्डारण गरेर राख्ने गरेको छ”, चौधरीले भने, “रगत लिन आउनेले पनि दिने मान्छे खोज्ने नियम बनाएका छौँ, तर कार्यान्वयन भएको छैन ।” रगतको माग बढ्दै जाने र रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा रगत अभाव हुने रेडक्रस टीकापुर उपशाखाका सभापति विष्टले बताए । “वार्षिक दुई हजार पाँच सय बढी पिन्ट रगत वितरण गर्नु सामान्य होइन । सङ्कलनमा नै समस्या छ, रक्तदान गर्न नागरिक मान्नुहुँदैन”, उनले भने । 

रगत ‘सेप्रेसन’ मेसिन भएमा सेवाग्राहीलाई उपलब्ध गराउन सहज हुने विष्टको भनाइ छ । “स्थानीयदेखि सङ्घीय सरकारसँग ‘सेप्रेसन’ मेसिनका लागि पहल गरेका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन”, उनले भने । सेप्रेसन मेसिन भएमा दुई हजार पाँच सय पिन्ट रगतले यस क्षेत्रको माग धान्ने जनाउँदै विष्टले सेप्रेसन मेसिनमार्फत एक पिन्टबाट चार जनालाई आवश्यक पर्ने रगत उपलब्ध गराउन सकिने उल्लेख गरे । 

अहिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले निः शुल्करुपमा एक व्यक्तिलाई तीन पिन्टसम्म रगत उपलब्ध गराउने गरेका छन् । यसबापत ती पालिकाले रेडक्रसलाई एकमुष्ट रकम भुक्तानी गर्दछन् । यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सभापति विष्टले जानकारी गराए । वि.सं.२०६६ देखि सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रले स्थापनाकालमा आकस्मिक सेवा दिने गरेको थियो । रेडक्रसले आफ्नै पहलमा केन्द्र सञ्चालन गरी चौबिसै घण्टा सेवा प्रवाह गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending