सिकागो । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्ने भएका छन् । विजयका लागि महत्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उनको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ ।
गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको चर्चा दिन प्रतिदिन चुलिन थालेको छ । राष्ट्रपति जो बाइडेनले करिब एक महिना पहिले निर्वाचनबाट आफ्नो उम्मेदवारीलाई फिर्ता गर्दै आफ्ना सहयोगी ह्यारिसलाई समर्थन गरेका थिए । अभियानमा उत्साहको लहर चलाउँदै उपराष्ट्रपति ह्यारिसले आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो चुनावी नारा लिएर आइतबार पेन्सिलभेनिया राज्यका विभिन्न स्थानको र्यालीलाई सम्बोधन गर्नेछन् ।
त्यसपछि ५९ वर्षीय ह्यारिस डेमोक्र्याट्स प्रशंसकको स्वागतका लागि सिकागो पुग्नेछन् । उनकाे अभियानले सिकागोको चुनावमा ट्रम्पको अग्रताको सम्भावनालाई क्षीण बनाएपछि गत हप्ता ट्रम्पले त्यहाँ माहोल फेरि आफ्नो पकडमा आउने आशा व्यक्त गरेका थिए । गाजामा हमासविरुद्ध इजरायलको युद्धलाई बाइडेन–ह्यारिस प्रशासनले समर्थन गरेको भन्दै यसको विरोधमा आइतबारदेखि हरेक दिन हजारौँ प्रदर्शनकारी सिकागो उत्रिने अपेक्षा ट्रम्पले गरेका छन् ।
प्रदर्शन आइतबारदेखि सुरु भएर बिहीबार पनि जारी रहने अपेक्षा गरिएको छ । यो समयमा डेमोक्र्याटिक पार्टीको विशेषगरी सोमबार र बुधबार मुख्य सभा हुने बताइएको छ । डेमोक्रयाटिक पार्टीका लागि पनि चार दिने प्रचारप्रसार ट्रम्पको हत्याको प्रयास र ८१ वर्षीय बाइडेनको आश्चर्यजनक बहिर्गमनसहित स्मृतिमा सबैभन्दा उथलपुथलपूर्ण चुनावी चक्रको कडीमा ताजा हुनेछ ।
अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपति पदका उम्मेदवार बाइडेनले केही गर्न नसक्ने उनको तुलनामा आफू अझै उर्जावान् रहेको भन्दै आफ्नो अभियानलाई अघि बढाएका रिपब्लिकन उम्मेदवार तथा पूर्वउपराष्ट्रपति ट्रम्प एकाएक झमेलामा फसेका छन् । बाइडेनको उम्मेदवारीबाट फिर्ता हुने निर्णयसँगै उपराष्ट्रपति ह्यारिसलाई दिएको समर्थनले ट्रम्पको दावी अनुसार उनि नै वृद्ध उम्मेदवार बनेका छन् ।
रिपब्लिकनहरूले यस मुद्दामा अडिग रहन आग्रह गरे तापनि ट्रम्पले ह्यारिसको व्यक्तिगत अपमान र आलोचना गर्नेछन् । पेन्सिलभेनियामा शनिबार एक र्यालीका लागि जाँदै गर्दा पूर्व राष्ट्रपति ट्रम्पले आफू ह्यारिसभन्दा ‘धेरै राम्रो देखिने’ भन्दै उनलाई ’पागल’ को संज्ञा दिएका थिए । पेन्सिलभेनिया, अमेरिकाको ग्रामिण क्षेत्रमा सम्भवतः सबै प्रतिस्पर्धा हुने राज्यमध्ये सबैभन्दा मूल्यवान मानिएको छ । यसले सन् २०२४ को चुनावी दौडलाई परिभाषित गर्न सक्छ र उम्मेदवारहरूले त्यस क्षेत्रको बारम्बार भ्रमण गरिरहेका छन् ।
नयाँ डेमोक्रयाटिक मानक वाहक ह्यारिसले आइतबार टिम वाल्जसँग केही महत्त्वपूर्ण प्रचारबारे निर्णय गरेका छन् । पिट्सबर्गबाट बस यात्रा सुरु गर्नु अघि पश्चिमी पेन्सिलभेनियामा गरिब श्रमिक वर्गका मतदाताहरूलाई आकर्षित गर्न धेरै अभियान स्टेसन बनाई कार्यक्रमको घोषणा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: