रुकुमपश्चिम। लगातारको वर्षाको कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ घारीगाउँ माथी रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोको कारण यस बस्तीका सात घरपरिवार विस्थापित भएका छन् ।
वडाध्यक्ष इन्द्रबहादुर गिरीले पानी पर्न नरोकिएमा घर नै पहिरोमा पुग्ने डर भएकोले सात परिवार मुख्य घर छोडेर टहरा र आफन्तको घरमा विस्थापित भएको जानकारी दिए। स्थानीय हिउसर थापा, बिरबल थापा, परि थापा, दिलबहादुर थापा, जुपी थापा र काले थापाको घर र टहरा पहिरोको जोखिममा रहेका छन् । पाखो तथा भिरालो भागमा रहेका घरमूनि लेदोसहितको पहिरो झरिरहेको वडाध्यक्ष गिरीले जनाए।
बस्तीमुनी खनिएको सडकको कारण यहाँका घरहरू जोखिममा रहेको स्थानीय तिलक भण्डारीले जानकारी दिनुभयो । पहिरोले घरको आँगन भत्काएको छ भने गोठमा समेत क्षति गरेको छ । यसका साथै यहाँका किसानले लगाएको मकै, केरा र आँपको खेती समेत पहिरोले गर्दा क्षती भएको छ । पाक्न लागेको बालीमा पहिरोले क्षती गरेपछि किसानहरु थप चिन्तित भएका छन् ।
घरको कुनाबाट पहिरो झरिरहेको र तत्लो भागमा रहेको खेती पुरिएको स्थानीय दिलबहादुर थापाले बताए । उनका अनुसार विस्थापित भएका परिवारलाई तत्काल राहत सामाग्रीको आवश्यकता रहेको छ भने पहिरो व्यवस्थापनको लागि दीर्घकालीन योजना आवश्यक रहेको छ ।
गाउँभन्दा माथिल्लो भूभागबाट आएको पहिरोसँगैको बाढीले सिङ्गो गाउँ र तल्लो बस्तीका खेतबारीमा समेत असर परेको छ । घारीगाउँ बजार हुँदै थापापाखा भएर कालिमाटी जाने उक्त सडकखण्डबाट पहिरो झरेको बताइएको छ । वर्षाको कारण अहिले उक्त सडक खोलामा परिणत भएको छ । स्थानीयले सडक मर्मतसँगै दिगो योजनाको समेत माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: