Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

कोसी कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित

खबरडबली संवाददाता

सुनसरी। सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किदै छन् । 

वि.सं.२०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए । यो दिन कोसीपीडितले कालो दिनका रुपमा लिन्छन् । साबिक पश्चिम कुशाहा गाविस-४ स्थित कोसी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्बर १२ दशमलव ९० को बिचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो । 

कोसीको भङ्गालो गाउँमा पस्दा सात हजार पाँच सय ६३ घरधुरीका ४२ हजार सात सय ६५ स्थानीय विस्थापित भएका थिए । पीडितलाई राहत, क्षतिपूर्ति तथा पुनः स्थापनाका माग राखेर पीडितले वि.सं.२०६५ भदौ २७ गते आन्दोलनको घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गर्दै कोसी पीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

सोही प्रतिबद्धताअनुसार वि.सं.२०६५ फागुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट तत्कालीन सभासद नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोसी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन भएको थियो । सो कार्यदलले यथार्थ प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १६ वर्ष बितिसकेको छ । तर, अझै उक्त प्रतिवेदन पूर्णरुपमा कार्यान्वन नगरिएको पीडित बताउँछन् । 

कार्यदलको प्रतिवेदनमा पीडितको वर्गीकरण गरिएको थियो । रातो क्षेत्रमा पर्ने पीडित परिवार मध्येबाट जग्गा सुधारका लागि ट्र्याक्टर खरिद गर्न चाहनेलाई शून्य प्रतिशतमा कर्जा उपलब्ध गराउने,  विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, पीडित परिवारलाई नेपालभर निः शुल्क स्वास्थ्य उपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउनेलगायत उल्लेख थियो । 

कार्यदलले वैदेशिक तथा स्वदेशी रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निः शुल्क राहदानी दिनेलगायत थुप्रै सुझाव प्रतिवदेनमार्फत सरकारलाई दिएको थियो तर ती प्रतिवेदनमा उल्लेख गरिएका सुझावमध्ये आंशिक मात्रै कार्यान्वयन भए । नियमित उब्जाउ हुने खेतमा बालुवा भरिएपछि अझै अधिकांश कृषकले पूर्ण रुपमा खेतीपाती गर्न नपाएको कोसीपीडित सङ्घर्ष समितिका पूर्वअध्यक्ष पञ्चनरायाण मण्डलले बताए। 

घटनाको एक वर्षपछि पुनः स्थापित भएपनि पूर्ववत् अवस्थामा बालीनाली लगाउन नसक्दा जीविका चलाउनै कठिन भएको स्थानीय विन्देश्वर मेहताले बताए । पीडितले अझै राहतको महसुस गर्न नसकेको स्थानीय अमरेन्द्र झाले बताए । १६ वर्ष बित्दा पनि विस्थापित र पुनः स्थापित हुँदाको अवस्थामा उल्लेख्य रुपमा सुधार हुन सकेको छैन । सरकारले कोसीपीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरेको छ । 

तर खर्चको प्रभावकारी अनुगमन नगरिएको पीडितको गुनासो छ । कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास, राहतलगायतको शीर्षकमा सरकारले सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केही कोसीपीडित करोडपति बनेका छन् भने कोही अझै राहतको पर्खाइमा छन् । कतिपयले विराटनगर, इटहरी, इनरुवा र सहरी क्षेत्रमा घरजग्गा जोडेका छन् । कतिपय एक छाक टार्नै समस्यामा छन् । 

केहीले पढाउन नसकेर १४ देखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौँ तथा भारतीय सहरमा कमाउन रोजगारीका लागि पठाएको स्थानीय अशोक मेहताले बताए। विस्थापितमध्ये एक हजार चार सय २२ परिवार सुकुम्वासी थिए । उक्त सुकुम्वासीमध्येका दुई सय ३५ सुकुम्वासी परिवारले मात्रै प्रतिपरिवार दुई कट्ठा जग्गा र घर पाएका छन् । उक्त बाढीले ४१ जनाको ज्यान गएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

मन्त्रीपरिषद्‍ बैठकका सात निर्णय : विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...

गगन थापालाई एक्लै पार्टी चलाउने रोग लागेको छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रीपरिषद्‍मा पेस

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending