Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बस्ती जोगाउन अस्थायी तटबन्ध बनाउँदै सशस्त्र प्रहरी

खबरडबली संवाददाता

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका १० हर्दौना स्थित बाणगंगा नदीमा सशस्त्र प्रहरीको टोली हर्दौना गाउँ जोगाउन अस्थायी तटबन्ध निर्माण गरेको छ । 

असार २० गते आएको बाढीले जमिन कटान गर्दै बस्तीमा पुगेपछि सशस्त्र प्रहरीको टोली बस्ती जोगाउन खटिएको थियो । नदी कटानका कारण यो वर्ष दुई घर विस्थापित भएका छन् भने ४५ घर बगाउने जोखिम रहेको छ । बाढीले तीव्र रुपमा कटान गर्न थालेपछि कटानको असर कम गर्न सशस्त्र प्रहरीले रुखको हाँगा र डोरीको प्रयोग गरेको थियो । 

जनताको तटबन्ध कार्यक्रमबाट प्राप्त बोरा प्रयोग गरी तटबन्ध निर्माण सुरु भएको बिओपी हर्दौनाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव तिवारीले बताए । तटबन्ध निर्माणका लागी तीन सय थान जियो ब्याग र ५ हजार पोलिमर ब्यागको प्रयोग गरिएको छ । ८ फिट गहिरो नदीमा बाँसका पोल गाडेर माटोले भरिएको बोरा राखेर तटबन्ध बनाउँदै आइएको छ । ७ सय मिटर लामो नाला खनिएको छ । 

ठक्कर निर्माण गरेको स्थल पुग्न डुंगाको सहयाताले नदी पार गर्नुपर्छ । चर्को गर्मीमा डेढ किलो मिटर हिँड्दै निर्माण स्थल पुगेर काम गरिएको छ । हेर्दा सजिलो देखिन्छ । नदी धेरै गहिरो छ । लाइफ ज्याकेट लगाएर बाँस समाउँदै काम गरेको सशस्त्र प्रहरी जवान राजेन्द्र खत्रीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending