Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बागमती प्रदेशमा बेरुजुको चाङ

खबरडबली संवाददाता

मकवानपुर । हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणमा बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजु रहेको देखिएको हो । 

महालेखा परीक्षकको कार्यालयको बागमती प्रदेशको छैटौँ प्रतिवेदन अनुसार बागमती प्रदेशको मन्त्रालय, आयोग, कार्यालय गरी १८ वटा कार्यालयको आव २०७९/०८० को लेखापरीक्षण गरिएकोमा छ वटा मन्त्रालय र आयोग बाहेकका प्रदेश सभा सचिवालय र मन्त्रालय गरी १२ वटाको बेरुजु फस्र्यौट नभएको पाइएको छ । 

उक्त आवमा प्रदेशका मन्त्रालय र कार्यालयहरु गरी ७८ अर्ब ९९ करोड २७ लाख ७१ हजार रुपियाँ बराबरको लेखापरीक्षण गरिएकोमा कूल बेरुजु रकम ८६ करोड ९० लाख ३७ हजार रुपियाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशका मन्त्रालयहरुमध्ये उक्त आवमा सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २६ करोड ७२ लाख ३९ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको २४ करोड चार लाख ५० हजार र खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको १७ करोड ३४ लाख ३१ हजार रुपियाँ रहेको छ । 

प्रतिवेदनमा बागमती प्रदेश सभा सचिवालयको २४ लाख ८६ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक करोड १५ लाख ६३ हजार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (साविक) को ३४ लाख ६९ हजार र युवा तथा खेलकुद मन्त्रालय (साविक) को ७० हजार रुपियाँ बेरुजु रहेको उल्लेख छ ।

यस्तै, वन तथा वातावरण मन्त्रालयको सात करोड चार लाख ९५ हजार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको ५५ लाख पाँच हजार, संस्कृति तथा पर्यटन मन्त्रालयको नौ लाख ८२ हजार, सामाजिक विकास मन्त्रालयको सात करोड २४ लाख ४६ हजार, स्वास्थ्य मन्त्रालयको दुई करोड नौ लाख एक हजार रुपियाँ बेरुजु रहेको छ । 

आव २०७९/०८० मा लेखापरीक्षण गरिएका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय (साविक), प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोक सेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बेरुजुको अवस्था शून्य रहेको छ । 

बागमती प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ३८ मा बेरुजु फस्र्यौट गर्ने जिम्मेवारी सम्बन्धित लेखाउत्तरदायी अधिकृतको हुने व्यवस्था रहेको महालेखाको प्रतिवेदनले औँल्याएको छ । सोही ऐनको दफा ३४ (५) मा औँल्याइएको बेरुजुको ३५ दिन वा म्याद थप भएमा सो म्यादभित्र फस्र्यौट गर्ने र फस्र्यौट नगरेमा लेखाउत्तरदायी अधिकृत र विभागीय मन्त्री वा राज्यमन्त्रीलाई जानकारी दिने उल्लेख छ । 

सोही व्यवस्था बमोजिमको प्रक्रिया पूरा गर्दा समेत आव २०७९/०८० को बेरुजु फस्र्यौट नभएकोले उक्त व्यहोरा वार्षिक प्रतिवेदनमा समावेस गरिएको महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ । महालेखाले प्रतिवेदनमार्फत आव २०७९/०८० मा बेरुजुभएका प्रदेश सभा सचिवालय र मन्त्रालयहरुको तत्कालीन लेखा उत्तरदायी अधिकृतहरुको विवरण र अद्यावधिक बेरुजुको स्थितिसमेत सार्वजनिक गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE