बर्दिबास । महाेत्तरीकाे बर्दीबासस्थित आज्ञा खवर अनलाइनका पत्रकार निकेश खनालमाथि साङ्घातिक आक्रमण भएको छ ।
समाचार संकलनको क्रममा शुक्रबार नगरप्रमुख प्रहलाद क्षेत्रीको निवासमा पुग्नु भएका खनालमाथि बर्दीबास १ का रामकुमार रिसालले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
कुटपीटबाट खनालको अनुहार र घाँटी सुन्निएको छ । बायाँ कानले सुन्न नसकेको र दर्द भईरहेको उनकी धर्मपत्नी निकिता खनालले बताइन । घटना लगत्तै आफन्तको सहयोगमा खनाललाई स्थानीय शुभ स्वस्तिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
उपचारमा संलग्न डा.उदय दिवाकरकाअनुसार विरामीको अवस्था मध्यम रहेको छ । समय वित्दै जाँदा अवस्था गम्भिर पनि हुन सक्ने उनले बताए । डा.दिवाकरले भने, ‘‘अहिले अनुहारको बाहिरी र कानभित्र चोट देखिएको छ । प्रेसर पनि हाई छ । उनलाई अवजरभेसनमा राखेका छौँ । ल्याव रिपोर्ट आएपछि मात्र थप जानकारी हुने छ ।’’
घटना विवरणअनुसार नगरप्रमुखको घरमा आएका रिसालले अकस्मात कुटपीट गर्न थालेपछि प्रत्यक्षदर्शीले वचाउ गरेका थिए । पत्रकार खनालमाथि किन आक्रमण गरियो ? स्पष्ट हुन सकेको छैन । पारिवारिक श्रोतका अनुसार केही पहिले रिसालले बर्दीबासकै एक महिला रेडियोकर्मीलाई पाँच हजार जतिरुपियाँ सापट दिएको र सो रकम खनालले फिर्ता नगराइ दिएको कारण कुटपीट भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: