Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

महाेत्तरीका पत्रकार खनालमाथि साङ्घातिक आक्रमण

खबरडबली संवाददाता

बर्दिबास । महाेत्तरीकाे बर्दीबासस्थित आज्ञा खवर अनलाइनका पत्रकार निकेश खनालमाथि साङ्घातिक आक्रमण भएको छ । 

समाचार संकलनको क्रममा शुक्रबार नगरप्रमुख प्रहलाद क्षेत्रीको निवासमा पुग्नु भएका खनालमाथि बर्दीबास १ का रामकुमार रिसालले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्  । 

कुटपीटबाट खनालको अनुहार र घाँटी सुन्निएको छ । बायाँ कानले सुन्न नसकेको र दर्द भईरहेको उनकी धर्मपत्नी निकिता खनालले बताइन । घटना लगत्तै आफन्तको सहयोगमा खनाललाई स्थानीय शुभ स्वस्तिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । 

उपचारमा संलग्न डा.उदय दिवाकरकाअनुसार विरामीको अवस्था मध्यम रहेको छ । समय वित्दै जाँदा अवस्था गम्भिर पनि हुन सक्ने उनले बताए । डा.दिवाकरले भने, ‘‘अहिले अनुहारको बाहिरी र कानभित्र चोट देखिएको छ । प्रेसर पनि हाई छ । उनलाई अवजरभेसनमा राखेका छौँ । ल्याव रिपोर्ट आएपछि मात्र थप जानकारी हुने छ ।’’

घटना विवरणअनुसार नगरप्रमुखको घरमा आएका रिसालले अकस्मात कुटपीट गर्न थालेपछि प्रत्यक्षदर्शीले वचाउ गरेका थिए । पत्रकार खनालमाथि किन आक्रमण गरियो ? स्पष्ट हुन सकेको छैन । पारिवारिक श्रोतका अनुसार केही पहिले रिसालले बर्दीबासकै एक महिला रेडियोकर्मीलाई पाँच हजार जतिरुपियाँ सापट दिएको र सो रकम खनालले फिर्ता नगराइ दिएको कारण कुटपीट भएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending