Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन प्रहरी प्रतिष्ठानको निरीक्षण

खबरडबली संवाददाता

बनेपा । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६ दलिन्चोकमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गरेका छन् । 

शुक्रबार मन्त्री लेखकसहित भारतीय राजदुत नविन श्रीवास्तव, प्रहरी महानिरीक्षक बसन्तकुमार कुँवरको टोलीले निर्माणाधीन प्रतिष्ठानको कामको निरीक्षण गरेको हो । प्रतिष्ठानको निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले प्रतिष्ठानको काम गुणस्तरीय रुपमा समयमा नै सम्पन्न गर्नका लागि निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिए । 

उनले समयमा नै काम सम्पन्न गर्दा हाल विनियोजन गरिएको बजेटले पुग्ने र काममा ढिलाई भएको खण्डमा लागत समेत बढ्ने भएकोले सममा नै काम सम्पन्न गर्नका लागि आईपर्ने समस्या समाधानका लागि सरकारको तर्फबाट सहयोग हुने बताए । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले प्रहरी प्रतिष्ठान निर्माण आयोजना भारत सरकारको सबैभन्दा ठुलो अनुदानको आयोजना रहेको बताए । उनले भारत सरकार पनि प्रतिष्ठान निर्माणको काम समयमा नै सम्पन्न हुनुपर्ने पक्षमा रहेकोले निर्माण व्यवसायीलाई समयमा नै काम गर्न निर्देशन दिए । 

राजदुत श्रीवास्तवले प्रतिष्ठान निर्माणको लागि मास्टर लिस्टमा रहेका केही सामाग्री ल्याउन कठिनाई रहेको बताउँदै त्यसका लागि भारत र नेपाल सरकारले सहजीकरण गर्ने बताए । कार्यक्रममा परामर्शदाता केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारतका तर्फबाट इन्जिनियर राजेश कुमारले हालसम्म प्रतिष्ठानको ३१ प्रतिशत भौतिक र मोविलाइजेशन (पेश्की) सहित कुल वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिए । 

उनले प्रतिष्ठानका लागि अन्तर्राष्ट्रिय स्तरका प्रशासकिय भवन, इनडोर तथा आउटडोर खेलकुद मैदान, स्विमिङ पुललगायतका आवश्यक संरचना निर्माणको लागि करिब दश अर्ब १५ करोड नेपाली रुपियाँ खर्च हुने बताए । 

पनौती नगरपालिका–६ मा निर्माण भईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सन् १९९६ (२०५२) सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय सरकारको अनुदान सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सहमति भएको थियो ।

भारत सरकारसँग सहमति भएसँगै २०५२ सालदेखि नै प्रतिष्ठानको लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम सुरु भएको थियो । सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिष्ठान निर्माणको लागि औपचारिक सम्झौता भएको थियो ।

प्रतिष्ठान निर्माणको लागि केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारत सरकारको तर्फबाट परियोजना परामर्शदाताको रूपमा रहेको छ । प्रतिष्ठान निर्माणको लागि अहलुवालिया कन्ष्ट्रक्सन लिमिटेड (भारत) र रोशन कन्ष्ट्रक्सन प्रालिको संयुक्त जेभीबीच सम्झौता भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE