धनुषा। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।
धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब एक अर्ब १३ करोड रुपियाँ लगानीमा आयोजना निर्माण गरिएको हो ।
डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन् । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुईथान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२/५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन् । समग्रमा सबस्टेसनको क्षमता ८२/५ एमभिए छ ।
सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुने छन् । अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए ।
यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो । लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ । ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिने छ । यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ ।
लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ । त्यसमध्ये २ वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: