काठमाडौं । उत्तर कोरियाले विदेशी पर्यटकका लागि सीमा खुला गर्ने भएको छ । उत्तर कोरियासँग सम्पर्कमा रहेका दुई चिनियाँ टूर कम्पनीले यसबारे जानकारी दिएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम बीबीसी र सीएनएनले जनाएको छ ।
उत्तर कोरिया संसारबाट अलग्गिएको देश हो, जसलाई हरमिट किंगडम अर्थात् जोगीको देश भनिन्छ । सन् २०११ मा यदि कुनै पश्चिमी देशका नागरिकलाई उत्तर कोरिया जानु परे निजी टुर अपरेटर्सको मद्दत लिनैपर्ने थियो ।
करिब आधा दर्जन टुर अपरेटर्स चीनको बाटो हुँदै उत्तर कोरिया आउनेहरूका लागि गाइडेड टूर आयोजना गर्दथे । यो नियम सन् २०१७ मा थप कडा बनाइएको थियो ।
कोभिड–१९ पछि ५ वर्षयता ठप्प रहेको सीमा यो वर्षको अन्त्यदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गर्न लागिएको हो । उत्तर कोरियाली नेता किम जोङ द्वितीयको जन्मस्थल साम्जियोनका पहाडहरूमा समूहमा घुम्न जाने पयर्टकहरूलाई जाने अनुमति दिइने बताइएको छ । सन् २०२४ को डिसेम्बरदेखि देशको बाँकी हिस्सामा पनि विदेशी पयर्टकलाई अनुमति दिन सकिने कोर्यो टूर्सले जनाएको छ ।
अहिलेसम्म साम्जियोनको नाम मात्रै उल्लेख गरिएको भए पनि प्योङयाङ र अन्य ठाउँ पनि चाँडै खुला गरिने छ । साम्जियोन चीनको सीमा नजिकै पर्छ । यहाँबाट यो कोरियाली प्रायद्विपको सबैभन्दा अग्लो शिखर पाएक्तु हिमाल नजिकै छ । साम्जियोन उत्तर कोरियाको सबैभन्दा अग्लो हिमाल पेक्टुको फेदमा पर्छ । यो शहर हिउँदे आकर्षणका लागि चिनिएको छ ।
तर मित्र राष्ट्रका पर्यटकका लागि मात्रै खोलिएको हो वा सबै राष्ट्रका पर्यटकका लागि हो भन्ने खुलिसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: