Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

लेबनानमा बढ्दो नागरिक मृत्यु र विस्थापन चिन्ताजनक : राष्ट्रसङ्घ

खबरडबली संवाददाता

न्यूयोर्क । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले लेबनान र इजरायली अस्तित्वलाई छुट्याउने ‘ब्लू लाइन’मा बढ्दो वैमनस्यताको बीचमा नागरिक मृत्यु र बढ्दो विस्थापनप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । 

गत महिनामा नागरिक मृत्युको सङ्ख्या २० प्रतिशतले बढेको तथा सन् २०२३ को अक्टोबरदेखि अधिकांश महिला तथा बालबालिकासहित १२० जनाको मृत्यु भएको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । 

कार्यलयले राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) लाई उदृत गर्दै १२ वटा भन्दा बढी पानी मुहानहरू क्षतिग्रस्त भएको र हाल चारवटा मुहानबाट सेवा नजोडिँदा दुई लाख भन्दा बढी मानिसहरू सुरक्षित पिउने पानीको पहुँचविहिन भएको जानकारी दिँदै द्वन्द्वरत पक्षले नागरिक पूर्वाधारलाई बारम्बार लक्षित गरेको औँल्याएको छ । 

यसैगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै ३२ टन आपतकालीन सर्जिकल किटका साथै औषधिहरू वितरण गरी लेबनानी सरकारको समर्थनमा कार्यालय र साझेदारहरूले राहत प्रयास जारी राखेको कार्यालयले पुष्टि गरेको छ । 

आसिएचलेले ब्लू लाइनको दुबै पक्षमा विस्थापन जारी रहेको बताउँदै लेबनानको विस्थापन सन् २०२४ को जुलाईदेखि लगभग चार प्रतिशतले बढेर अक्टोबर २०२३ देखि विस्थापित हुने मानिसको सङ्ख्या एक लाख दुई हजार पुगेको छ । 

ओसिएएचएले सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून दायित्वहरूको सम्मान गर्न आग्रह गर्दै, नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गर्नुपर्नेमा जोड दिएको छ । इजरायली समूहहरूले दक्षिणी लेबनानका सहर र गाउँहरूमा हवाई आक्रमण तथा बमबारी बढाउँदा कयौँ नागरिकको मृत्यु र घाइते हुन पुगेका छन् भने सयौं परिवारहरू घर छोड्न बाध्य भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending