Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

इजरायली सेनाको आक्रमणमा परी जुम्ल्याहा शिशु मारिएपछि बाबु भन्छन्, “तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन”

खबरडबली संवाददाता

काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी गाजा सहरमा जन्मिएका नवजात जुम्ल्याहा शिशु मारिएका छन् ।

केटा अस्सर र केटी आय्सेल जन्मेको चार दिन मात्र भएको थियो । ती जुम्ल्याहा शिशुहरूका बाबु महोमद अबु अल–क्वीमसान जन्म दर्ता गराउन स्थानीय सरकारी कार्यालय गएका बेला उनको घर डिडर अल बलाहमा बमबारी भएको थियो ।

उनको घरमा बमबारी भएको खवर छिमेकीले फोनमा सुनाएका थिए । त्यो हवाई आक्रमणले उनकी पत्नी र जुम्ल्याहा बच्चाहरूकी हजुरआमा पनि मारिएका थिए । “के भएको हो मलाई थाहा छैन,” उनले भने, “मलाई भनेअनुसार एउटा गोला मेरो घरमा आएर ठाक्किएको थियो ।” “मैले तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन,” उनले थपे ।

गाजा सहरमा हामासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ११५ नवजात शिशु मारिएका छन् । एपी समाचार एजेन्सीका अनुसार इजरायल–गाजा युद्धको प्रारम्भिक सातामा गाजा सहर खाली गर्न आदेश दिइएको थियो । इजरायली सेनाको निर्देशनअनुसार गाजा पट्टीको मध्य भागबाट उनीहरूले आश्रय खोजिरहेका थिए ।
सो घटनाबारे इजरायल सेनाको प्रतिक्रिया पर्खिरहेको बिबिसीले जनाएको छ ।

इजरायलले नागरिकहरूलाई हानिनोक्सानी नगर्ने बताउँदै आएको छ भने र उनीहरूले घटनाको आरोप हामासलाई लगाउँदै आएको छ । आवासीय क्षेत्रहरूलाई आश्रयका रूपमा प्रयोग गरेकाले त्यस्ता घटना भएको इजरायली सेनाको आरोप छ । तर अधिकारीहरूले व्यक्तिगत रूपमा निशाना बनाइएको टिप्पणी गरेका छन् । पछिल्लो केही साता याता गाजाका धेरै आश्रयस्थलहरूमा आक्रमण गरिएको छ ।

शनिबार, गाजा सहरमा प्यालेस्टानीहरूलाई आश्रय दिने स्कूल भवनमा इजरायलले हवाई आक्रमण गर्दा ७० जनाभन्दा बढी मानिस मारिएको एक अस्पतालका निर्देशकले बिबिसीलाई बताएका छन् ।

इजरायलको सैनिक प्रवक्ताले भने, “हमास र इस्लामिक जिहादका सैन्यलाई सुविधा दिने” काम भएको छ । त्यसलाई हामासले अस्वीकार गरेको छ । हमासद्वारा नेतृत्व गरिएका बन्दुकधारीहरूले ७ अक्टोबरमा इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० व्यक्तिहरू मरिएको र २५१ जनालाई बन्धकको रूपमा गाजा फर्काएको थियो ।

त्यो आक्रमणले गाजा माथि विशाल इजरायली सैन्य आक्रमण र हालको युद्धलाई प्रेरित गरेको छ । गाजा हमासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली अभियानमा ३९ हजार ७९० भन्दा बढी प्यालेस्टेनीहरू मारिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending