Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

इजरायली सेनाको आक्रमणमा परी जुम्ल्याहा शिशु मारिएपछि बाबु भन्छन्, “तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन”

खबरडबली संवाददाता

काठमाडौं । इजरायलको हवाई आक्रमणमा परी गाजा सहरमा जन्मिएका नवजात जुम्ल्याहा शिशु मारिएका छन् ।

केटा अस्सर र केटी आय्सेल जन्मेको चार दिन मात्र भएको थियो । ती जुम्ल्याहा शिशुहरूका बाबु महोमद अबु अल–क्वीमसान जन्म दर्ता गराउन स्थानीय सरकारी कार्यालय गएका बेला उनको घर डिडर अल बलाहमा बमबारी भएको थियो ।

उनको घरमा बमबारी भएको खवर छिमेकीले फोनमा सुनाएका थिए । त्यो हवाई आक्रमणले उनकी पत्नी र जुम्ल्याहा बच्चाहरूकी हजुरआमा पनि मारिएका थिए । “के भएको हो मलाई थाहा छैन,” उनले भने, “मलाई भनेअनुसार एउटा गोला मेरो घरमा आएर ठाक्किएको थियो ।” “मैले तिनीहरू जन्मिएको खुशी मनाउने समय पाइन,” उनले थपे ।

गाजा सहरमा हामासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ११५ नवजात शिशु मारिएका छन् । एपी समाचार एजेन्सीका अनुसार इजरायल–गाजा युद्धको प्रारम्भिक सातामा गाजा सहर खाली गर्न आदेश दिइएको थियो । इजरायली सेनाको निर्देशनअनुसार गाजा पट्टीको मध्य भागबाट उनीहरूले आश्रय खोजिरहेका थिए ।
सो घटनाबारे इजरायल सेनाको प्रतिक्रिया पर्खिरहेको बिबिसीले जनाएको छ ।

इजरायलले नागरिकहरूलाई हानिनोक्सानी नगर्ने बताउँदै आएको छ भने र उनीहरूले घटनाको आरोप हामासलाई लगाउँदै आएको छ । आवासीय क्षेत्रहरूलाई आश्रयका रूपमा प्रयोग गरेकाले त्यस्ता घटना भएको इजरायली सेनाको आरोप छ । तर अधिकारीहरूले व्यक्तिगत रूपमा निशाना बनाइएको टिप्पणी गरेका छन् । पछिल्लो केही साता याता गाजाका धेरै आश्रयस्थलहरूमा आक्रमण गरिएको छ ।

शनिबार, गाजा सहरमा प्यालेस्टानीहरूलाई आश्रय दिने स्कूल भवनमा इजरायलले हवाई आक्रमण गर्दा ७० जनाभन्दा बढी मानिस मारिएको एक अस्पतालका निर्देशकले बिबिसीलाई बताएका छन् ।

इजरायलको सैनिक प्रवक्ताले भने, “हमास र इस्लामिक जिहादका सैन्यलाई सुविधा दिने” काम भएको छ । त्यसलाई हामासले अस्वीकार गरेको छ । हमासद्वारा नेतृत्व गरिएका बन्दुकधारीहरूले ७ अक्टोबरमा इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० व्यक्तिहरू मरिएको र २५१ जनालाई बन्धकको रूपमा गाजा फर्काएको थियो ।

त्यो आक्रमणले गाजा माथि विशाल इजरायली सैन्य आक्रमण र हालको युद्धलाई प्रेरित गरेको छ । गाजा हमासद्वारा चलाइने स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली अभियानमा ३९ हजार ७९० भन्दा बढी प्यालेस्टेनीहरू मारिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending