बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्टबिहीन हुँदा दैनिक कामकारबाहीमामा असर परेको छ । करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आएको छ ।आठ सयभन्दा बढी कर्मचारी रहेको अस्पताल अहिले नेतृत्वबिहीन हुँदा आर्थिक तथा प्रशासनिक कामका साथै सेवा प्रवाहमा असर पर्न थालेको छ ।
प्रदेशको १२ वटा जिल्लालाई प्रतिनिधित्व गरेको अस्पताल राजनीतिबाट अछुतो रहन सकेन । यो जनताको जनसरोकारसँग गाँसिएको विषय हो । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म राजनीतिले सबै क्षेत्र गिजोलिएकोमा त्यसबाट स्वास्थ्य क्षेत्र पनि अछुतो रहन सकेको छैन ।
अस्पतालमा यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निणर्यबाट १०औं तहका डा. इन्द्र ढकाललाई मेसु नियुक्त गर्यो । अस्पतालमै कार्यरत अर्का डा. विष्णु गौतमले आफू ११औं तहको हुँदाहुँदै १०औं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै सर्वोच्च पुगे । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेसुको काम कारबाहीमा रोक लगाउँदै यथास्थितिमा राख्न भनेको छ ।
सर्वोच्चले गरेको निर्णयले जनाताको स्वास्थ्य, पाउनुपर्ने सेवा सुविधा प्रभावित भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले बताए । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा एउटा सकारले गरेको निर्णयलाई अर्को सरकारले मिच्दै जाँदा न्यायसंगत नभएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ ।
अध्यक्ष भन्छन्, 'व्यवस्थापन समितिलाई राम्रोसँग चलायमान गराउने हो भने उहाँहरूको कार्यकाल पूरा गर्न दिनुपर्छ। जनतासँग जोडिएको संवेदनशील विषयमा खेलवाड नगर्न मेरो आग्रह छ ।' यसैगरी तत्काल दैनिक काम नरोक्नेगरी मन्त्रीस्तरीय निणर्यबाट मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलाई थप जिम्मेवारी दिइएको छ ।
अस्पतालमा संघ सरकारले पनि ठूलो लगानी गरेको छ । अर्बौको परियोजना सञ्चालनमा रहेको छ । डा. गिरी भन्छन्, ‘अस्पताल अहिले साँघुरो अवस्थामा छ । अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा छौं । पुरानै भवनबाट सेवा दिँदैगर्दा बढी नै घुइचो देखिरहेको छ । त्यसको तत्काल हामी समाधान देख्दैनौं ।’
बिरामीको चाँप राम्रो कामको परिणाम भएको उनको भनाइ छ । बिहान ७ बजेदेखि बेलुकी ५–६ बजे सम्म अस्पतालका डाक्टर बिरामीलाई सेवा दिन तल्लिन हुने गरेको उनले बताए। अस्पताललाई थप राम्रो बनाउँदै लगिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: