काठमाडौं । अगस्ट ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा एक पीजी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कारपछि हत्या गरिएको थियो ।
यो घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा छन् । सर्वसाधारण उपचारका लागि आरजी कर मेडिकल कलेज र अस्पतालमा पुगेका छन् । यो घटना त्यही अस्पतालमा भएको हो ।
एएनआईसँग कुरा गर्दा उपचारका लागि गएका बिरामीहरूले उनीहरू दुई घण्टादेखि पर्खिरहेको बताए। उनीहरूका अनुसारा उनीहरूलाई अस्पताल खुलेको हो कि बन्द थाहा छैन ।
महाराष्ट्रको जीएमचीएच (सरकारी मेडिकल कलेज र अस्पताल) को ओपीडी अगाडि डाक्टर र मेडिकल विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन्।
आन्दोलनरत एक डाक्टरले एएनआईलाई भने – उनी राष्ट्रव्यापी हडतालमा सामेल भएका छन्। महाराष्ट्रका सबै सरकारी अस्पतालका सबै आवासीय चिकित्सकहरूले आज सेवा बन्द गरेका छन्। यद्यपि, आपतकालीन सेवाहरू जारी रहनेछन्।
प्रदर्शनमा दिल्ली र बिहारका डाक्टर र मेडिकल विद्यार्थीहरू पनि सहभागी थिए। दिल्लीको राम मनोहर लोहिया अस्पताल, एम्स र बिहारको एम्सका डाक्टरहरू पनि हडतालमा छन्।
हडतालमा उत्रिएका चिकित्सकहरुले घटनाको सिबिआई छानबिन गर्न माग गरेका छन् ।
एफएआइएमए (फेडरेशन अफ अल इन्डिया मेडिकल एसोसिएशन) ले अगस्ट १३ देखि राष्ट्रव्यापी हडतालको घोषणा गरेको थियो।
जसमा देशभर ओपिडी सेवा बन्द गर्न आग्रह गरिएको थियो ।
यसअघि फोर्डा (फेडरेशन अफ अल इन्डिया रेजिडेन्ट डाक्टर्स एसोसिएसन) ले पनि देशभर हडताल गर्ने घोषणा गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०९:३१
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...
आषाढ़ २९ गते, २०८३ - ०९:२८
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...



प्रतिकृया लेख्नुहोस्: