काठमाडाैं । हसिना सरकारको पतन पछिको असुरक्षाका कारण डयुटीबाहिर रहेका ट्राफिक प्रहरी फर्किन थालेका छन ।
करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले सोमबार बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेको ढाका ट्रिब्युनले जनाएको छ राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो । उसका अनुसार धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ड्युटीमा देखिएका छन् ।
यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो । निजी संस्थाका कर्मचारी अनिसुर रहमानले भने, ‘ट्राफिक प्रहरी काममा फर्किनु सहरवासीका लागि राहतको कुरा हो । विद्यार्थीहरूले पछिल्ला केही दिनहरूमा ट्राफिक नियन्त्रण गरेर राम्रो काम गरे तर यो लामो समयसम्म जारी राख्नु हुँदैनथ्यो, युवा विद्यार्थीहरूको लागि जोखिम थियो।
अन्सारका सदस्य र विद्यार्थीले पनि सडकमा अनुशासन कायम गर्न सहयोग गरेको देखियो ।विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा पूर्व प्रधानमन्त्री शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।
पछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो । आइतबार गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (निवृत्त) एम सखावत हुसेनले प्रहरीलाई बिहीबारसम्म काममा फर्कन भनेका थिए। उनले बिहीबारसम्म काममा नफर्किनेलाई काम गर्न नचाहेको मानिने बताए ।
आइतबार दिउँसो ३ बजेदेखि देशभरका ६३९ प्रहरी चौकीमध्ये ५९९ प्रहरी कार्यालय सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ०९:३१
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...
आषाढ़ २९ गते, २०८३ - ०९:२८
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...
आषाढ़ २९ गते, २०८३ - ०८:३९
इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...
आषाढ़ २९ गते, २०८३ - ०८:३४
मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...
आषाढ़ २९ गते, २०८३ - ०८:२९
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...
आषाढ़ २९ गते, २०८३ - ०८:२७
रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...
आषाढ़ २९ गते, २०८३ - ०८:२२
स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...
आषाढ़ २९ गते, २०८३ - ०८:१०
इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...
आषाढ़ २९ गते, २०८३ - ०८:०८
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...
आषाढ़ २९ गते, २०८३ - ०७:५८
बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...



प्रतिकृया लेख्नुहोस्: