काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् ।
पार्टीसम्बद्ध काठमाडौं–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले वर्तमान सरकार लामो समय नचल्ने बताएका हुन् ।
सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे ।
आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो । ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसदमा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्,’ निवर्तमान अर्थमन्त्री पुनले भने, ‘किन भने संसद्को अंकगणितका कारण कुनै पनि वेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन् ।’
उनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेकोसमेत जिकिर गरे । एमालेले लुम्बिनी प्रदेशमा दल नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएपछि दल नेताले राजीनामा दिएको, नेकपा कालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस–एमाले दुवै दलले केही गरौँ भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरूलाई मन्त्री बनाएकोले असन्तुष्टि चुलिएको उनको तर्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - २१:०६
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २...
भाद्र २८ गते, २०८१ - २०:४८
भाेजपुर । भोजपुर नगरपालिका– १२ टक्सारमा रहेको जिल्लाको एक मात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । ...
भाद्र २८ गते, २०८१ - २०:४०
काठमाडौं । शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भन्सार इलाकाबाट एक किलो बढी सुन जस्तो पहेलो पदार्थ प्रहरीले बरामद गरेको छ । त्रिभुवन ...
भाद्र २८ गते, २०८१ - २०:३५
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् ...
भाद्र २८ गते, २०८१ - २०:११
काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमत...
भाद्र २८ गते, २०८१ - २०:०६
काठमाडौं । संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सो...
भाद्र २८ गते, २०८१ - १९:१९
काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका स...
भाद्र २८ गते, २०८१ - १९:१३
कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन् । संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले ह...
भाद्र २८ गते, २०८१ - १९:०९
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई ...
भाद्र २८ गते, २०८१ - १८:४८
त्रिवेणी । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौंबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाड...
प्रतिकृया लेख्नुहोस्: