Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जापानमा ‘महाभूकम्प’को चेतावनीपछि प्रधानमन्त्रीको मध्यएसियाको भ्रमण रद्द

खबरडबली संवाददाता

जापान । जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किसिदाले शुक्रबार मध्यएसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्पका कारण बिहीबार आठजना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए)ले बिहीबार परामर्श जारी गरेको हो । 

किसिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्वेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उनले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो । ‘प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकाले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,’ उनले भने । 

किसिदाले सन् २०११ मा गएको ९ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुन सक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निष्कर्षमा पुगेको बताए । जापानको मौसम पूर्वानुमान निकायले भनेको छ, ‘नयाँ ठूलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी छ, तर यो कुनै ठूलो भूकम्प पक्का आउने संकेत  होइन ।’

दक्षिणी टापु क्युसुमा बिहीबार गएको भूकम्पका कारण ट्राफिकबत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू आलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन । आगलागी तथा विपत् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको, तर केही व्यक्ति घाइते भएको जनाएको छ । चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसंख्या रहेको जापानी द्वीपसमूहमा साना–ठूला गरी हरेक वर्ष करिब एक हजार पाँच सयवटा भूकम्प आउने गरेका छन् । उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो । 

सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । यसले जापानको प्रशान्त महासागरीय तटको ठूलो भूभागलाई प्रभावित गर्न सक्ने र सबैभन्दा खराब अवस्थामा अनुमानित तीन लाख मानिसको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending