Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

टिआरसीकाे सहमति नयाँ सरकारको पहिलो सफलता:मन्त्री गुरुङ

खबरडबली संवाददाता

बनेपा । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरुबीच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको बताएका छन् । 

इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बनेपामा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले टिआरसीमा दलहरुबीच भएको सहमतिले यो सरकारको गन्तव्य (आयु) लामो छ भन्ने सन्देश दिएको बताए । 

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अहिले खेलाडीहरु नामको लागि भन्दा पनि नाम र दामको लागि खेल्ने प्रचलन बढी रहेकोले खेलकुदलाई नेपालको समृद्धि, अनुशासन, पर्यटन, राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताए । 

खेल क्षेत्रले राष्ट्रको स्वाभिमान बचाउनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलेको भूमिका अतुलनिय रहेको बताउँदै पछिल्लो समय क्रिकेट र भलिवलले नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले खेलकुदको क्षेत्रमा रहेको राजनीतिकरण र बेथिती हटाउँदै यस क्षेत्रलाई मर्यादित बनाउनुपर्ने बताए । 

उनले खेलकुद क्षेत्रको विकास सिङ्गो सरकारको प्राथमिकता रहेकोले आगामी वर्षको बजेटमा खेलकुदको क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नका लागि पहल गर्ने बताए । उनले खेलकुदको पूर्वाधार विकास तथा विभिन्न खेलकुदका कार्यक्रमका लागि वार्षिक ५० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने बताए । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि सबै प्रदेशमा बहुउद्देश्यीय खेलकुद मैदान, कवर्ड हलका निर्माण तथा १२ महिना नै खेलकुद गतिविधि र प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा आईटिएफतर्फ वर्ष उत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ रिक्सन वाइवा र महिलातर्फ सुस्मिता थापा सम्मानित भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE