बनेपा । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरुबीच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको बताएका छन् ।
इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बनेपामा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले टिआरसीमा दलहरुबीच भएको सहमतिले यो सरकारको गन्तव्य (आयु) लामो छ भन्ने सन्देश दिएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अहिले खेलाडीहरु नामको लागि भन्दा पनि नाम र दामको लागि खेल्ने प्रचलन बढी रहेकोले खेलकुदलाई नेपालको समृद्धि, अनुशासन, पर्यटन, राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताए ।
खेल क्षेत्रले राष्ट्रको स्वाभिमान बचाउनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलेको भूमिका अतुलनिय रहेको बताउँदै पछिल्लो समय क्रिकेट र भलिवलले नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले खेलकुदको क्षेत्रमा रहेको राजनीतिकरण र बेथिती हटाउँदै यस क्षेत्रलाई मर्यादित बनाउनुपर्ने बताए ।
उनले खेलकुद क्षेत्रको विकास सिङ्गो सरकारको प्राथमिकता रहेकोले आगामी वर्षको बजेटमा खेलकुदको क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नका लागि पहल गर्ने बताए । उनले खेलकुदको पूर्वाधार विकास तथा विभिन्न खेलकुदका कार्यक्रमका लागि वार्षिक ५० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने बताए ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि सबै प्रदेशमा बहुउद्देश्यीय खेलकुद मैदान, कवर्ड हलका निर्माण तथा १२ महिना नै खेलकुद गतिविधि र प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा आईटिएफतर्फ वर्ष उत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ रिक्सन वाइवा र महिलातर्फ सुस्मिता थापा सम्मानित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: