काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा सादा पोसाकमा समेत ठुलो संख्यामा प्रहरी खटाएर निगरानी भइरहेको छ ।
‘मौन अवधिमा हुन सक्ने सम्भावित क्रियाकलाप रोक्न सादा पोसाकमा पनि प्रहरी खटिएका छन्, राष्ट्रिय अनुसन्धान विभागको समेत सहयोग लिइएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘निर्वाचनविरोधी समूहविरुद्धका कारबाही पनि बढाइएको छ ।’
मौन अवधिको पहिलो दिन मंगलबार छिटपुटबाहेक निर्वाचनविरोधी गतिविधि नभएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन प्रचार गर्ने, मतदाताको घरदैलोमा गएर प्रभावित पार्नेजस्ता केही घटना भएका छन् । तर, बुधबारको दिन चुनौतीपूर्ण हुन सक्ने आकलन गरिएको छ । निर्वाचनविरोधी गतिविधि देखिए कसैको पनि पक्षधरता नलिई कारबाही गर्न गृह मन्त्रालयले सिडिओ र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
आचारसंहिताविरोधी गतिविधि रोक्न सामाजिक सञ्जालमा पनि निगरानी बढाइएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । ‘फिल्डदेखि सामाजिक सञ्जालसम्म प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन हरेक निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बाक्लो छ ।’
यो निर्वाचनमा उपत्यकाका हरेक निर्वाचन क्षेत्रमा एसपी तथा उपत्यकाबाहिरका निर्वाचन क्षेत्रमा डिएसपीलाई कमान्डर तोकेर खटाइएको छ । त्यस्तै, एसएसपी र एसपीहरूलाई पनि समन्वय र नियमनका लागि फिल्डमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: