Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

खबरडबली संवाददाता

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताए। उनका अनुसार अफगान स्थल सेनाले बलुचिस्तान प्रान्तका किल्ला सैफुल्ला, नुस्की र चमन जिल्लामा रहेका १६ स्थानमा भूमि आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले २७ अफगान सैनिक मारिएको दाबी गरेको उहाँले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए।

उनका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा पनि अफगान सेनाले २५ स्थानमा आक्रमण गरेको थियो । ती क्षेत्रमा भएको झडपमा ४० अफगान सुरक्षा बलका सदस्य मारिएको दाबी पाकिस्तानले गरेको छ । यसरी दुवै मोर्चामा गरी ६७ अफगान सुरक्षाकर्मी मारिएको इस्लामाबादको भनाइ छ ।

यी दाबीबारे काबुलबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर, दुवै देशले विगत बिहीबारदेखि एक अर्कालाई भारी क्षति पुर्याएको दाबी गर्दै आएका छन् । अफगानिस्तानले अघिल्लो आइतबार भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिशोध स्वरूप आक्रमण सुरु गरेको जनाएको थियो । त्यसयता पाकिस्तानले सीमा क्षेत्रमा निरन्तर सैन्य अपरेसन सञ्चालन गरिरहेको छ । सोमबार तरारले ४३५ अफगान सुरक्षाकर्मी मारिएको र ३१ स्थान नियन्त्रणमा लिइएको दाबी गरेको थियो ।

यसबिच, अफगान पक्षले पनि आफ्ना कारबाहीबाट पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्याइएको दाबी गर्दै आएको छ । यद्यपि, स्वतन्त्र रूपमा यी दाबीको पुष्टि हुन सकेको छैन । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सोमबार अफगानिस्तानभित्र जारी सैन्य कारबाहीको बचाउ गर्दै इस्लामाबादले कूटनीतिक प्रयासका सबै विकल्प प्रयोग गरिसकेपछि मात्र उग्रवादी विरुद्ध कदम चालिएको बताएको थिए।

उनले काबुललाई पाकिस्तानमा आक्रमणका लागि जिम्मेवार समूहलाई निशस्त्र बनाउन आग्रह गरे। पाकिस्तानले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ का रूपमा वर्णन गरेको छ । सीमाक्षेत्र अल(कायदा र इस्लामिक स्टेट समूह जस्ता आतङ्कवादी सङ्गठनको गतिविधि बढेको क्षेत्र मानिँदै आएको छ । पछिल्ला महिनामा पाकिस्तानभित्र हिंसा बढेको र त्यसका लागि प्रतिबन्धित तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) जिम्मेवार रहेको इस्लामाबादको आरोप छ । 

पाकिस्तानले टिटिपीले अफगान भूमिबाट सञ्चालन गर्दै आएको र अफगान तालिबान सरकारले सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ । हालको सीमापार द्वन्द्वले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको छ । इस्तानबुलमा सम्पन्न वार्ता स्थायी सहमति बनाउन असफल भएपछि दुवै पक्षबिच तनाव पुन: चुलिएको हो । पाकिस्तानी अधिकारीले अफगान तालिबान सरकारले टिटिपी र अन्य उग्रवादी समूह विरुद्ध प्रमाणित र प्रभावकारी कदम नचालेसम्म सैन्य अपरेसन जारी रहने स्पष्ट पारेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: