Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

खबरडबली संवाददाता

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ । 

खाडी मुलुकमार्फत हुने हवाई सेवा प्रभावित भएको छ । हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् ।  अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा  भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ । जसले त्यहाँको वातावरण त्रसित छ । 

नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत खाडी क्षेत्रबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, त्यसमा खाडी मुलुकबाट आएको रेमिट्यान्स ४ खर्ब २२ अर्ब छ । आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको योगदान ६ खर्ब ७३ अर्ब थियो । 

खाडी क्षेत्रबाट नेपालमा थोरै भए पनि पर्यटक आउने गरेका छन् । गत आर्थिक वर्षमा खाडी मुलुकबाट २० हजार ५ सय ४ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ । अघिल्लो वर्ष (१६ हजार ६ सय ४८) को तुलनामा गत वर्ष खाडी मुलुकबाट नेपालमा बढी पर्यटक आएका थिए । गएको आर्थिक वर्ष खाडी मुलुकबाट आएका पर्यटकको संख्या नेपालको कुल पर्यटकको १.८ प्रतिशत हो । गत आर्थिक वर्ष नेपालमा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक भित्रिएका थिए । 

पश्चिम एसिया क्षेत्रमा तनाव कायम रहिरह्यो भने नेपालको विदेशी मुद्रा आर्जनमा प्रभाव पर्नेछ । ती मुलुकबाट नेपाली उपभोक्ताका लागि अवश्यक ठानिएका सुन, चाँदी र तिनका गरगहना, तामाको तार, प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयातसमेत प्रभावित हुनेछ । 

खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ । खाडी क्षेत्रका मुख्य पेट्रोलियम खानीमा आक्रमण भएपछि आइतबारदेखि नै विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने त्यहाँको रोजगारी पनि प्रभावित भएको छ । पछिल्ला वर्षमा नेपालले सामान्य मात्र आर्थिक वृद्धि गरेको र आयातमै बढी निर्भर भएको अवस्था छ । खाडी क्षेत्रमा तनाव लम्बिए वस्तु आयातमा समस्या हुने र आयात महँगो हुने भएकाले मुलुकमा मुद्रास्फीति बढ्ने विज्ञहरू बताउँछन् । 

‘आयात महँगो हुँदा ढुवानी र बिमा शुल्क बढ्ने भएकाले मुलुकको विदेशी मुद्रा सञ्चिति दबाबमा रहने जोखिम छ,’ व्यापारविद् रविशंकर सैंजू भन्छन्, ‘तनाव जारी रहे एकातिर कामदारको उद्धार गर्नुपर्नेछ भने अर्कातिर विदेश जाने श्रमिकसमेत रोकिने सम्भावना रहन्छ । यसले रेमिट्यान्समा असर पर्नेछ ।’

युद्धका कारण पश्चिम एसियाका धेरै मुलुकको व्यापारिक गतिविधि प्रभावित भएकाले त्यसको असर नेपालको रेमिट्यान्स, व्यापार र श्रम बजारमा पर्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख रामशरण खरेल बताउँछन् । ‘कुल रेमिट्यान्समध्ये पश्चिम एसियाका करिब १५ देशबाट करिब ४० प्रतिशत रेमिट्यान्स नेपालमा आउने गरेको छ । युद्धका कारण त्यसमा प्रत्यक्ष प्रभाव पर्ने सम्भावना छ,’ उनी भन्छन्, ‘खाडी मुलुकमार्फत हुने व्यापार प्रभावित हुने जोखिम धेरै छ ।’ 

नेपाल रेमिटर्स एसोसिएसनका पूर्वअध्यक्ष चन्द्र टण्डन पनि खाडीमा रहेको अशान्तिका कारण नेपाली कामदार प्रभावित भएको र त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा पर्ने निश्चित रहेको बताउँछन् । ‘मैले आज (सोमबार) मात्रै दुबई, कतार, साउदी अरब र कुवेत गरी चार मुलुकमा रहेका हाम्रा कर्मचारीसँग त्यहाँको अवस्थाबारे कुरा गरेको थिएँ । उनीहरूले अप्ठेरो परिस्थिति रहेको जानकारी दिए,’ उनले भने, ‘आइतबार र सोमबार कतारमा धेरै मनी चेन्जर कम्पनी बन्द थिए । छिटफुट खुले पनि काम भएन ।’

खाडी मुलुकहरू नेपालीका मुख्य श्रम गन्तव्य हुन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली श्रमिक कार्यरत छन् । विगतमा वैदेशिक रोजगारीमा गएकामध्ये करिब ८० प्रतिशत खाडी मुलुकमा जाने हुन्थे । पछिल्ला वर्षहरूमा अरू देशमा जाने नेपालीको संख्या बढेको छ । 

अब खासगरी कतार जाने नेपालीको संख्या अझै बढ्नेवाला थियो । सन् २०३० मा कतारले एसियाली खेलकुद प्रतियोगिता गर्दै छ । त्यसका लागि खेलकुदका ठूला पूर्वाधार निर्माण भइरहेको छ । कतारले यसअघि सन् २०२२ को विश्वकप फुटबल आयोजना गरेको थियो । विश्वकपका लागि रंगशालालगायत पूर्वाधार निर्माणका लागि २०२२ अघिसम्म नेपालबाट वार्षिक १ लाख (नयाँ र पुरानो गरी) श्रमिक कतार गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE