एजेन्सी । गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने आक्रमणका मुख्य योजनाकारमध्ये एकका रूपमा इजरायलले सिनवारको नाम लिने गरेको छ ।
तेहरानमा हनियाको हत्यापछि इरानले प्रतिशोध लिने चेतावनी आइरहेका समय हमास समूहले यो घोषणा गरेको हो । इरानले हनियाको मृत्युको दोष इजरायललाई दिएको छ र घटनाको बदला लिने कसम खाएको छ भने हमासको लेबनानी सहयोगी हेजबुल्लाहले पनि बेरुतमा इजरायली आक्रमणमा हनिया र उनका सैन्य कमाण्डर फुआद शुकरको हत्याको बदला लिने प्रतिबद्धता जनाएको छ ।
सन् २०१७ देखि गाजामा हमासको नेतृत्व गर्दै आएका सिनवार र हनिया कतारमा बस्दै आएका थिए । हमासका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताएअनुसार सिनवारको चयनले लडाकू समूहले ‘प्रतिरोधको बाटो जारी राखेको’ सन्देश दिएको छ ।
कब्जा गरिएको वेस्ट बैङ्कमा प्यालेस्टिनी प्राधिकरण सञ्चालन गर्ने प्रतिद्वन्द्वी फताह आन्दोलनको केन्द्रीय समितिका सचिव जिब्रिल राजौबले यो निर्णय ‘तार्किक र अपेक्षित’ भएको बताए । हेजबुल्लाहले सिनवारलाई बधाई दिँदै भनेको छ, “यो नियुक्तिले ‘हमासका नेता र अधिकारीहरूको हत्या गरेर शत्रु।नास्ने आफ्नो उद्देश्य हासिल गर्न इजरायल असफल भएको पुष्टि गर्छ ।
इजरायलका विदेशमन्त्री इजरायल काट्जले सिनवारको हमास प्रमुखमा भएको नियुक्तिपछि दिएको प्रतिक्रियामा भने, “सिनवारको नियुक्ति कुनै अनौठो नभएको र यो ती नेताको पनि छिट्टै अन्त्य हुने र हमासजस्तो घृणित सङ्गठनलाई ध्वस्त पार्ने अर्को बाध्यकारी कारण हुने बताउनुभएको छ ।”
विश्लेषकहरूका अनुसार सिनवार युद्धविराम सम्झौताका लागि हनियाभन्दा पनि बढी अनिच्छुक नेता हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै युद्धविरामका लागि सिनवारले सहयोग गर्ने बताएका छन् ।
यसैबीच, शुकरको मृत्यु भएको एक हप्ता नबित्दै हेजबुल्लाहका नेता हसन नसरल्लाहले टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो समूह र तेहरान हनिया र शुकरको मृत्युप्रति प्रतिक्रिया जनाउन बाध्य भएको बताएका छन् । हेजबुल्लाहले यस क्षेत्रमा इरान समर्थित समूहहरूको ‘एक्लै वा सबैको नेतृत्व गर्दै’ प्रतिकार गर्ने नसरल्लाहले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: